×

NMB BANK
NIC ASIA

सदस्यता वितरणमा कडाइ गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

साउन १८, २०७९

NTC
Premier Steels

प्रेस काउन्सिल नेपालले यथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ ।

Muktinath Bank

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल मतदाता अधिकार मञ्चले बुधवार काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाइ गर्नुपर्ने स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघ लगायतका सम्बद्ध निकायहरू सचेत हुनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरूको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए ।

Vianet communication

अध्यक्ष बस्नेतले भने, ‘पहिला आफू पत्रकार हो कि होइन, यकिन हुनुपर्छ है ! पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन । त्यसका लागि प्रेस काउन्सिल छ । सोसल मिडियाहरू पनि पत्रकारले चलाउने वा मिडिया हाउसले चलाउने विषयमा पनि समस्या छैन । त्यो पनि दायराभित्र आउँछ, प्रेस काउन्सिलले हेर्छ तर पत्रकारको आवरणमा गैर पत्रकारबाट हुने काममा भने सचेत हुनुपर्छ । अहिले ठूलो समस्या चाहिँ पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेस्टेड इन्ट्रेस्ट राखेर गरिने कामहरूले समस्या ल्याएको छ । त्यो विषयमा हामी यकिन हुनुपर्छ । यहाँ पत्रकार महासंघको अध्यक्ष पनि हुनुहुन्छ । म विशेष आग्रह पनि गर्न चाहन्छु – हामीले पनि दिने सदस्यता जुन छ, यदि खुकुलो प्रावधान छन् भने कसौं । पत्रकारको कार्ड लिएपछि लेख्न पर्छ कि पर्दैैन ? सञ्चारमाध्याममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नुपर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रीय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्वद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नुहुन्छ कि हुँदैन ? अस्तिको चुनावको अर्को कुरा पनि सिकायो । मिडिया अर्गनाइजेसनहरूले एकमुष्ट रूपमा फलानो दललाई भोट हालौं भन्ने प्रस्ट कुरा पनि आयो । त्यसमा निर्वाचन आयोगले असहमति जनायो । प्रेस काउन्सिलले आपत्ति जनायो । यस्ता विषयमा पनि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ जस्ता निकायहरूले ध्यान दिन जरुरी छ । यस विषयमा सञ्चारकर्मी आफैं सचेत हुुनुपर्छ । आफू सचेत भएपछि मात्रै अरुको विषयमा प्रश्न उठाउन सकिन्छ ।’

अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरू आफू सचेत भए मात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटक–पटक दोहोर्‍याए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरूलाई विवेक पुर्‍याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पत्रकारहरू लगानीकर्ताका दास नै हुन् भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरूलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सिर्जना गरिरहेको तर्क गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x