×

NMB BANK
NIC ASIA

चुनावमा होमियो देश

संसदीय चुनाव : १० अर्ब खर्च लाग्ने अनुमान, झण्डै २ करोड मतदाता, ८ करोड मतपत्र

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १० अर्ब रुपैयाँ बजेट विनियोजन गर्नेगरी तयारी गर्नका लागि आग्रह गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७९ असार २२ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई त्यस विषयमा परामर्श दिएका थिए ।


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा  प्रदेशसभाको निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएको थियो। यस पटकको निर्वाचनका लागि १० अर्ब रुपैयाँ निकासा माग गरिएको उनले बताए।

Vianet communication
Laxmi Bank

'५ वर्षमा मतदाताको संख्या बढेको छ, कर्मचारीहरूको तलब भत्ता बढेको छ, अन्तर्राष्ट्रिय डलरको भाउ बढेको छ,' पौडेलले लोकान्तरसँग भने, 'त्यसबाहेक मतदान केन्द्र, मतपत्र सहित जनशक्ति समेतमा खर्च वृद्धि हुने तथा महंगी समेत बढेको हुनाले १० अर्ब रुपैयाँ माग गरिएको हो।'

३० लाख मतदाता थपिने

२०७४ सालको प्रतिनिधिसभा तथा  प्रदेशसभाको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा ३० लाख मतदाता थपिने आयोगको अनुमान छ । २०७४ सालमा १ करोड ५४ लाख मतदाता थिए भने यसपटकको निर्वाचनमा ३० लाख मतदाता थप हुने आयोगको अनुमान छ । आयोगका प्रवक्ता पौडेलका अनुसार अहिलेसम्म १ करोड ८२ लाख मतदाता पुगिसकेका छन् ।

२०७९ असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने तथा अद्यावधिक गर्ने कार्य जारी छ । असार १ गतेदेखि हालसम्म मात्रै ५ लाख जति मतदाता थपिएको पौडेलले जानकारी दिए ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।

८ करोड मतपत्र छापिने

प्रतिनिधिसभा तथा  प्रदेशसभाको निर्वाचनमा ८ करोडभन्दा बढी मतपत्र छापिने भएको छ । यसपटकको निर्वाचनमा पनि ४ किसिमको मतपत्र छापिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवारको एउटा, समानुपातिकको दोस्रो,  प्रदेशसभाको प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फको चौथो गरी कुल चार किसिमको मतपत्र छापिने छ ।

'झन्डै २ करोड मतदाता हुने हुनाले जगेडा समेत गरेर चार किसिमको मतपत्र समेत जोडेर ८ करोड भन्दा बढी मतपत्र छापिनेछ,' आयोगका प्रवक्ता पौडेलले लोकान्तरसँग भने ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापिएको थियो।

झन्डै ३ लाखको हाराहारीमा जनशक्ति परिचालन हुने

स्थानीय तहको निर्वाचनमा झन्डै २ लाख जनशक्ति परिचालन भएको थियो । तर आसन्न प्रतिनिधिसभा तथा  प्रदेशसभा निर्वाचनमा ३ लाखको हाराहारीमा जनशक्ति परिचालन हुने अनुमान गरिएको छ । सुरक्षा निकायबाहेक ३ लाखको हारहारीमा जनशक्ति परिचलान हुने आयोगको अनुमान छ ।

'स्थानीय तहको निर्वाचनमा मतपत्र दिने व्यक्ति १ जना मात्र थियो, अहिले चारजना राख्नुपर्ने हुन्छ। त्यस आधारमा पनि ६६ हजार जनशक्ति थप हुन्छ,' आयोगका प्रवक्ता पौडेलले लोकान्तरसँग थपे, 'त्यसबाहेक थपिएको मतदाताको आधारमा अहिले ८ सयसम्म मतदान केन्द्र थप्नुपर्ने हुँदा स्वाभाविक रूपमा जनशक्ति बढ्नेछ ।'

स्थानीय निर्वाचनमा २१ हजार ९५३ मतदान केन्द्र थियो भने अहिले कम्तिमा पनि ८ सय जति मतदान केन्द्र थपिने आयोगको अनुमान छ । यद्यपि मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले सर्वपक्षीय छलफल गरेर मतदान केन्द्रको संख्या थपघट गर्ने विषयमा निर्णय गर्ने पौडेलले बताए ।

तयारी युद्धस्तरमा

निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन तोकिएको मितिदेखि कम्तिमा १२० दिनको आवश्यकता पर्ने गर्छ। तर साउन १९ गते मात्र सरकारले मिति घोषणा गरेकाले १०७ दिनको समय बाँकी छ । त्यसकारण सीमित समय भए पनि दिनरात काम गरी आयोगले उपलब्ध समयमा नै सबै तयारी पूरा गरिसक्ने पौडेल बताउँछन्।

'सरकारले चुनावको मिति घोषणा गर्नु अघिदेखि नै पनि आयोगले आफ्नो आन्तरिक तयारी शुरू गरिसकेको थियो,' पौडेलले लोकान्तरसँग भने, 'कतिपय कार्यविधि, मापदण्ड, निर्देशिका लगायतको मस्यौदा तयार पार्ने काम पहिलेदेखि नै शुरु गरिसकेका छौं ।'

कर्मचारी, सुरक्षा निकाय तथा कैदी बन्दीले पनि समानुपातिक मतदान गर्न पाउने

 आसन्न चुनावमा राष्ट्रसेवक कर्मचारी, चारै सुरक्षा निकायका कर्मचारीहरू तथा जेलमा रहेका थुनुवा तथा कैदीबन्दी, वृद्धाश्रममा रहेका मानिस समेतलाई पनि चुनावमा सहभागी गराउने गरी आयोगले तयारी थालेको छ।

'उहाँहरू जुन स्थानमा भएपनि समानुपातिक तर्फको मतदान गर्न पाउने गरी आयोगले तयारी अगाडि बढाएको छ,' पौडेलले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x