×

NMB BANK
NIC ASIA

सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’

साउन १९, २०७९

NTC
Premier Steels

खेलकुद क्षेत्रमा योगदान पुर्‍याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित भएका छन् । 

Muktinath Bank

खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गरेका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । 


Advertisment
Nabil box
Kumari

जीतबहादुर केसी (एथलेटिक्स)

Vianet communication

केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पारेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेका थिए । उनले जितेको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो ।

वैकुण्ठ मानन्धर (एथलेटिक्स) 

सन् १९८४ मा शुरू भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी नै पहिलो नेपाली हुन् । सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान रचेका थिए । त्यतिबेलाको उनको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भंग हुन सकेको छैन । 

राजुकाजी शाक्य (फुटबल)

सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रूपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उनले स्वर्ण दिलाएका थिए । 

संगिना वैद्य (तेक्वान्दो)

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरू गरे पनि संगिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेका थिए । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जितेका थिए । उनी तेक्वान्दोकी एशियन च्याम्पियन पनि हुन् ।

दीपक विष्ट (तेक्वान्दो)

दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रूपमा पनि उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए । 

पारस खड्का (क्रिकेट)

पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी हुन् । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २० १४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । 

गौरिका सिंह (पौडी)

तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जितेका थिए । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका थिए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x