०१ साउन २०८३, शुक्रबार

लागत मात्रै बढ्ने भएपछि बैंकहरूले बढाएनन् ब्याजदर, भदौमा बढ्न सक्ने

लागत मात्रै बढ्ने भएपछि बैंकहरूले बढाएनन् ब्याजदर, भदौमा बढ्न सक्ने

नेपाल बैंकर्स संघको शुक्रवार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैैंकले साउन पहिलो साता सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर ८.५ प्रतिशत बनाएको र संस्थागततर्फ मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत विन्दुले कम बनाउनुपर्ने ब्यवस्था गरेको छ । यो व्यवस्थापछि वाणिज्य बैंकहरूको ब्याजदर बढ्ने अनुमान गरिएको भए पनि बैंकहरूले भने तत्काललाई नबढाउने निर्णय गरेका छन् । 

राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले बैंकहरूलाई ब्याजदर बढाउने सुविधा दिएको भए पनि लागत मात्रै बढ्ने भएकोले तत्कालै नबढाउने निर्णय गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन् ।

‘बैंकहरूले साउन महिनाको लागि ब्याजदर प्रकाशन गरिसकेको हुँदा ब्याजदर बढाउने सुविधा भए पनि लागत मात्रै बढ्ने भएकोले अहिले थप गर्ने निर्णय भएको छ,’ उनले भने ।  

बैंकहरूले साउन महिनामा ब्याजदर नबढाएको भए पनि भदौदेखि भने बढाउन सक्ने संकेत गरेका छन् । केन्द्रीय बैंकले नै ब्याजदर बढाउन दिएको सुविधालाई बैंकहरूले पक्कै प्रयोग गर्ने छन् । बैंकहरूको पनि व्यावसाय भएको र व्यावसाय अनुकूल परिस्थितअनुसार गर्नुपर्ने भएकोले भदौ महिनामा भने ब्याजदर बढाउन सक्ने एक बैंकर्सले संकेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्