×

NMB BANK
NIC ASIA

विदेशमा सिकेको सीप नेपालमा सदुपयोग गरौँः मन्त्री अथक

साउन २१, २०७९

NTC
Premier Steels

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तिलाई नेपालमै रोक्नुपर्ने बताएका छ । पछिल्लो समय युवाहरू विदेशिने क्रम बढिरहेकोतर्फ इंगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरिरहेको बताएका हुन् । 

Muktinath Bank

राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरूको अवस्था, समस्या र सम्भाव्यता’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार र उत्पादनमा जोड्नुपर्ने बताए । उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरूलाई आग्रह समेत गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न कालखण्डमा परिस्थितिवस विदेशीएका युवाहरूलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री अथकले विदेशमा सिकेको सीपलाई नेपालमै सदुपयोग गर्न युवाहरूलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

प्राकृतिक तथा भौगोलिक रूपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपालकै विकासमा लगाउनुपर्नेमा मन्त्री अथकको जोड थियो । राष्ट्रिय युवा परिषद् र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत युवाहरूको समग्र विकासमा राज्यले ठूलो लगानी गर्दै आइरहेको उनले बताए ।

Vianet communication

अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरूलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनिहरूको अनुभव र सीपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी गरिरहेको उनको भनाइ थियो ।   

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद् सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारीलगायत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरूको सहभागिता रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x