×

NMB BANK
NIC ASIA

ठेचोमा १२ वर्षे जात्रा शुरू

साउन २८, २०७९

NTC
Premier Steels

ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा नवदुर्गा भवानी देवी नाच शुरू भएको छ । १२ वर्षमा एकचोटी हुने यो नाच शनिवारदेखि शुरू भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ ।

Muktinath Bank

२०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ । अन्य वर्षहरूमा ३ सय ६४ दिन नै खुला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही भाद्र ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जात्रा शुरू भएसँगै ठेचो बस्तीमा भोजभतेर, बिहे, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन । 


Advertisment
Nabil box
Kumari

नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्व–पूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ । धुःखःनामक नाच फागुन÷चैत तिर हुने गर्दछ । 

Vianet communication

नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । 

देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्दछन् । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । श्वेत भैरव नृत्य १२ वर्षमा एक पटक मात्र गराइन्छ । प्राय श्वेत भैरव नाच दसै पछि साइत हेरी नचाउँदै आएको पाइन्छ । 

यो नाच पाटन दरबार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरबारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । 

वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त मालीजात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेआँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ । 

जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरी देवता प्रतिष्ठापन गर्ने गरिन्छ । नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिनल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव कालीबाराही ३ जनाले फुलको मालालगाई पाटनको मूल चाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकै छ ।’ 

ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन् । तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन् । जुन गुठीहरुले माथिल्लो लाछी र तल्लो लाछीमा भिन्नभिन्न वा ःखनामक नाच देखाउदा सम्पूर्ण पुजा सामाग्री दिने गर्दछ ।

१२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाकाबाट  मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ । उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली छन् । यसमा आर्थिक संयोजक धर्मराज माली, प्रचार प्रसार संयोजक विकास माली र स्वयेमसेवक संयोजक राजन्द्र माली रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ । 

नेपालका प्रसिद्ध नाचहरूमध्ये ललितपुर गोदावरवी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको यो नाच पनि एक हो । यसबाहेक नेपाल मण्डलमा काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव नाच, नरदेवी नाच, देवी नाच, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको निलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी नाच र खोकनाको रूद्रायणी नाच प्रख्यात छन् । प्रत्येक नाचको १२ वर्षे जात्राको आ–आफ्नो विषेशता छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x