×

NMB BANK
NIC ASIA

धनगढीमा लक्ष्यभन्दा ३२ प्रतिशत कम राजस्व संकलन

साउन ३०, २०७९

NTC
Premier Steels

धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो । 

Muktinath Bank

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ रु एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकोमा रु एक अर्ब ४० करोड, ९२ लाख चार हजार संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ रु पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकोमा  लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार संकलन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर बहाल करतर्फ रु चार करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएकोमा  रु दुई करोड ७७ लाख २६ हजार संकलन भएको छ । ब्याज करतर्फ रु चार करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य लिइएकोमा रु दुई करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिइएकोमा रु ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकोमा रु एक अर्ब ४३ करोड सात लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो । 


Advertisment
Nabil box
Kumari

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व संकलन भएको थियो । 

Vianet communication

सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको बताए । चालु आर्थिक वर्षमा भने लक्ष्यअनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x