कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ ।
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ । रासस
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...