×

NMB BANK
NIC ASIA

ओलीप्रति माधव नेपालको टिप्पणी– हामीले केन्द्रीय कमिटीमा ल्याएको हो, अहिले फूर्ति लाएर हुन्छ ?

भदौ ४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली आफू भन्दा १२ वर्षपछि केन्द्रीय सदस्य भएर पनि अहिले फूर्ति लगाइरहेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

शनिवार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले भने, ‘को–अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौँ । दुई जना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौँ, एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फूर्ति लाएर हुन्छ ?’


Advertisment
Nabil box
Kumari

ओलीलाई २०३० सालमा रौतहटमा भेटेर आश्रय दिएको समेत नेपालले बताए । नेपालले आफ्ना पार्टीका नेता कार्यकर्तालाई एमालेमा जाने कल्पना समेत नगर्न भनेका छन् ।

Vianet communication

‘अहिले पनि मसँग खबर आइरहेका छन । केपी ओलीसँग बस्न सकिँदैन भन्दै कतिपय मानिसहरूले सम्पर्क गरिरहेका छन । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौँ भनिरहेका छन’, नेपालले भने, ‘एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु ।’ 

उनले विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरूसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाएको तर तर एमालेसँग भने मिल्न सक्ने अवस्था नरहेको बताएका छन् । 

‘हामी गठबन्धन दलहरूसँग अहिले पनि हातेमालो गर्दै अघि बढने पक्षमा रहेका छौँ । हाम्रो पार्टीले वामपन्थी दलहरूलाई एकतावद्ध बनाउनका लागि हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरूसँग एकतावद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौँ । हामी अरूसँग विलिन हुने होइन’, नेपालले भने, ‘हाम्रो विरोधीहरूले कुप्रचार गरिरहेका छन माओवादी केन्द्रमा विलिन हुने भनेर । त्यसमा कुनै सत्यता छैन । हाम्रो पार्टी विचारको आधारमा उभिएको छ । एमालेले जेसुकै बोलोस् । झुटको पुलिन्दा बाँडिरहेका छन । जनतामा भ्रम फैल्याउने कोसिस गरिरहेका छन । त्यो भ्रमलाई चिर्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x