×

NMB BANK
NIC ASIA

म राष्ट्रपतिको दौडमा छैनः झलनाथ खनाल

भदौ ६, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । राष्ट्रपतिभन्दा पहिला पार्टीको निर्देशनअनुसार आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने खनालले बताए । उनी पछिल्लो समय राष्ट्रपतिको दौडमा रहेको चर्चा चलिरहेको छ । उक्त चर्चाप्रति लक्षित गर्दै उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेका हुन् । 

Muktinath Bank

पार्टी प्रशिक्षणको लागि गुल्मी आएका खनालले पत्रकार सम्मेलनमा देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको लागि नभएर पार्टीका निम्ति भएको बताए । त्यस्तै आफू सधै वाम एकताको पक्षमा रहेको समेत उनले उल्लेख गरे । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकरात्मक छैनन’, उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नुपर्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेबाट विद्रोहको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको जिकिर गरेका छन् । छोटो समयमै २१ वटा जनसंगठनसँगै नवोदित क्रान्तिकारी पार्टी स्थापित हुनु सुखद विषय भएको उनले बताए । उनले अहिले देशमा सवै पार्टीलाई सकस भए पनि नजिकैको निर्वाचनले नयाँ समाजवादी नेतृत्व खोजेको बताए । 


Advertisment
Nabil box
Kumari

पार्टी एकताको लागि वैचारिक, राजनीतिक, सांगठनिक एवं सैद्धान्तिक सहमति आवश्यक भएकाले चुनाव अघि पार्टी एकीकरणको सम्भावना नभएको स्पष्ट पारे । ‘अहिले पार्टीहरूका बीच चुनावी तालमेल र सहयोग सम्बन्ध मात्रै सम्भावना रह्यो । भागवण्डाको बिषयमा आ–आफ्नै तर्क पेश भएका छन्’, उनले भने, ‘चुनावी तालमेल गर्छौ ।’ 

Vianet communication

खनालले नागरिकतासँग मुलुकको राष्ट्रियताको विषय जोडिएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले सदनमा अल्पमत र बहुमतभन्दा दूरदर्शी निर्णयका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । उनले अहिले नेतृत्वमा नयाँ अनुहार जनताले खोजेको बताए । तर, उमेरसँगै योग्यता र क्षमता भएको नेता र नेतृत्व आवश्यक रहेको बताए । युवाले पद मात्रै खोज्न बल गरेर मात्रै नहुने भएकाले क्षमताको पनि विकास गरे पहिलो पुस्ता स्वभाविक रूपमा विस्थापित हुने खनालले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x