×

NMB BANK
NIC ASIA

विश्वसनीयता गुमाउँदै डीडीसी– समयमा भुक्तानी नपाएपछि किसानले दिन छाडे दूध

भदौ ९, २०७९

NTC
Premier Steels

किसानबाट लिएको दूधको भुक्तानी समयमा दिन नसक्दा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी)लाई दूध दिन छाडेका छन् ।

Muktinath Bank

कोरोनाको समयमा लकडाउन हुँदा प्रदेश १ बाट दैनिक १ लाख लिटरसम्म दूध संकलन गरेको डीडीसीले अहिले दैनिक १३ हजार लिटर मात्र दूध संकलन गरिरहेको छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयमा भुक्तानी नपाएपछि किसानले डीडीसीलाई दूध दिन छाडेका हुन् । अहिले किसानले निजी डेरीहरूलाई दूध दिन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

डीडीसीले सहकारीमार्फत दूध संकलन गर्ने गर्छ । प्रदेश १ का तेह्रथुम, धनकुटा, इलाम, झापा मोरङ, सुनसरीलगायतका जिल्लाबाट दूध संकलन हुने गरेको छ ।

Vianet communication

त्यसमध्ये इलाम र धनकुटाबाट सबैभन्दा बढी दूध डीडीसीले ल्याउने गरेको थियो । धेरै दूध संकलन हुने जिल्लाबाट नै डीडीसीले अहिले दूध ल्याउन सकिरहेको छैन ।

किसानले छुर्पी बनाउने गरेकाले ती दुई जिल्लामा दूध संकलनमा कमी आएको डीडीसी विराटनगरका प्रमुख परमेश्वर चौधरीले दाबी गरे ।

यो समयमा दूध उत्पादनमा नै कमी आउने गरेको उनको दाबी छ । गत वर्ष यही सिजनमा डीडीसीले दैनिक २४ हजार लिटर दूध संकलन गरेको थियो । 

कोरोनाको समयमा भने दैनिक १ लाख लिटरसम्म दूध संकलन हुने गरेको थियो । त्यतिबेला निजी डेरीले नकिनेका कारण किसानले बाध्य भएर डीडीसीलाई दूध दिएका थिए ।

‘कोरोनाका कारण लकडाउन हुँदा मन्त्रीज्यूहरूले नै हाम्रो क्षेत्रका किसानले उत्पादन गरेको दूध संकलन गरिदिनुपर्‍यो भनेर भन्नुहुन्थ्यो,’ डीडीसीका एक कर्मचारीले भने, ‘त्यतिबेला संकलित दूध व्यवस्थापन गर्न नसक्दा खेर गएको थियो ।’

दैनिक १ लाख लिटरसम्म दूध संकलन भएपछि त्यसको बजार व्यवस्थापन गर्न समस्या भएको भन्दै डीडीसीले व्यवस्थापनका लागि सहयोग गरिदिन प्रदेश सरकारसँग आग्रह गरेको थियो ।  

प्रदेश सरकारले पाउडर प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्न र नयाँ आइसबैंक स्थापना गर्न ५ करोड रुपैयाँ अनुदान समेत उपलब्ध गराएको थियो ।  

दूध उत्पादनमा आत्मनिर्भर प्रदेश भएकै कारण बढी भएको दूधबाट पाउडर उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले अनुदान उपलब्ध गराएको थियो । 

पाउडर प्लान्ट आयोजना विराटनगरमै छ । तर, उक्त प्लान्ट अहिले बन्द छ । दूध अभाव भएपछि पाँच महिनादेखि प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।

दुई वर्ष अघिसम्म पाउडर दूध र बटर स्टक गर्ने ठाउँको अभाव व्यहोरेको डीडीसीले अहिले निजी उद्योगबाट पाउडर र बटर खरिद गरेर आफ्नो बजार माग धानिरहेको छ । 

डीडीसीले विराटनगरमा लामो समयदेखि पनिर उत्पादन पनि बन्द गरेको छ । 

बजारमा तीन महिनादेखि घ्यू पठाउन नसकेको डीडीसीका कर्मचारीहरू बताउँछन् । आयोजनाको दूध संकलन क्षमता विगत केही वर्षदेखि हरेक वर्ष ५० प्रतिशतका दरले घट्दै गएको छ । 

दुग्ध वितरण आयोजनाले असार १ गतेदेखि किसानबाट किनेको दूधको भुक्तानी दिएको छैन । भदौ १५ यता भुक्तानी दिने अवस्था पनि नरहेको डीडीसी विराटनगरका प्रमुख चौधरी बताउँछन् । 

किसानका समस्या र गुनासा संकलन गरेर विभागमा पठाए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

डीडीसी कार्यकर्ता भर्तीकेन्द्र बनेकाले थप समस्या निम्तिएको कर्मचारीहरू बताउँछन् ।

‘डीडीसी मन्त्री तथा नेताहरूको कर्मचारी भर्ती केन्द्रजस्तो मात्रै बनेको छ,’ एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘काम नभएपछि कर्मचारीहरूलाई पनि दिन काट्न नै समस्या छ ।’ 

डीडीसीमा दूध संकलन घटे पनि बजारमा भने अभाव छैन । बजारको मागलाई निजी डेरीहरूले धानिरहेका छन् । बजारमा निजी डेरीको बोलवाला रहेकाले संकलित थोरै दूधमध्ये पनि झण्डै ४ हजार लिटर दूध डीडीसीले काठमाडौं पठाउने गरेको छ ।

प्रदेश १ मा डीडीसीको बजार हिस्सा दैनिक ४ हजार लिटरको हाराहारीमा मात्रै छ ।

प्रदेश १ को उत्पादन अन्य प्रदेशमा पनि जाने गरेको प्रदेश १ को कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोख्रेल बताउँछन् ।

दूध मात्रै नभई घ्यू, पनिर, छुर्पी लगायतका दुग्धजन्य वस्तु समेत अन्य प्रदेशमा पठाउने गरेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x