×

NMB BANK
NIC ASIA

मोरङको पेट्रोल खानी गौचरणमा परिणत

भदौ ९, २०७९

NTC
Premier Steels

तीन दशक बितिसक्दा पनि मोरङको पेट्रोल खानी सञ्चालनमा नआउँदा गौचरणमा परिणत भएको छ । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो । पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो । 

Muktinath Bank

तर मोरङको बेलबारी नगरपालिका–८ बाहुनीमा रहेको खानी भने गौचरणमा परिणत भएको छ । खानीको अन्वेषणका निम्ति बनेका भवन र कच्चापदार्थ अवस्था जीर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भई अन्वेषण गर्न ल्याएको कच्चा पदार्थसमेत नष्ट भएका छन् । विसं २०४५ मा सरकारको सहयोगमा एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण त ग¥यो तर सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेका कारण गौचरणमा परिणत भएको स्थानीयवासी कुलबहादुर भण्डारीले बताए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उक्त कम्पनीले छ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । ३४÷३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको स्थानीयवासी यामप्रसाद तिम्सिनाले बताए । सरकारले खानी तथा भूगर्भ विभागले खानी अन्वेषण गर्न र सञ्चालनमा ल्याउने भन्दै स्थानीयवासीबाट ४.९६९ वर्गमिटर जमिन आफ्नो मातहतमा ल्याएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जङ्गलमा परिणत भएको छ । सरकारको मुख्य समस्या भनेको पेट्रोलियम पदार्थ रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न नसक्नु हो । तीस वर्षदेखि उक्त स्थान गौचरणका रूपमा परिणत हुँदासम्म सरकारको ध्यान नगएको तिम्सिनाको गुनासो छ । 

Vianet communication

विसं २०४५ मा चिनियाँ कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका चौकीदार कपिलमणि रेग्मीले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x