×

NIC ASIA

ताहचलमा खोलियो अस्थायी ‘रोमानियन मिसन’

भदौ ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने श्रमिकको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन अस्थायी मिसन स्थापना गरेको हो । 

Muktinath Bank

यसअघि रोमानिया जाने नेपालीले रोजगारीका लागि सम्झौता पाइसकेपछि भिसा प्राप्तिका लागि आवेदन दिन भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्था थियो । भिसा प्राप्तिका लागि दिल्ली जानुपर्ने अवस्थाका कारण धेरै नेपाली युवाको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली श्रमिकको गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकले रोमानियामा प्राप्त गरेको रोजगारी गुम्न नदिन मिशन स्थापना गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उक्त मिसनले नेपालबाट रोमानियाका लागि रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ । मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीका सन्दर्भमा जान चाहने नेपाली नागरिकले नेपालमा अस्थायीरूपमा स्थापना गरिएको रोमानियन मिसनमा तोकिएको भिसा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

जेठ ३, २०८१

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’अन्तर्गत तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ मा शुरू भएको उक्त तालिमका कक्षा शुक्रबार सकिन लागेको महानगरले जनाएको छ । ...

बैशाख ७, २०८१

​चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...

बैशाख १९, २०८१

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x