×

NMB BANK
NIC ASIA

अर्थतन्त्रका कुरा

विलासिताका सामान आयात निरुत्साहनको प्रभाव– अर्थतन्त्रलाई राहत, बजार आहत !

भदौ १०, २०७९

NTC
Premier Steels

सरकारले अर्थतन्त्रलाई संकटोन्मुख अवस्थाबाट सुधार गर्न पछिल्लो तीन महिनादेखि गरेको आयातमा कडाइको व्यवस्थाले एकै महिनामा २६ अर्ब रुपैयाँ बराबरको आयात घटेको छ । अर्थतन्त्रलाई संकटोन्मुख हुनबाट जोगाउन राष्ट्र बैंककै सिफारिशमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न एक दर्जन प्रकारका वस्तुको आयात रोकेको छ ।

Muktinath Bank

अत्यावश्यक वस्तुबाहेक विलासिताका र खपत कम गर्दा जनजीवनमा असर नपर्ने भनेर अर्थ्याइएका वस्तुको आयात रोकिएको छ । सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन भनेर रोक लगाएका केही वस्तुमाथिको प्रतिबन्ध यही भदौ दोस्रो साता (१२ भदौसम्म)लाई मात्रै छ । त्यसपछि पनि थप प्रतिबन्ध लम्ब्याउन भने सक्ने छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले निजी सवारी साधन, सुन, मदिरा, महंगा मोबाइल, टिभी, खेलौनासहितका वस्तुको आयात रोकेको छ । राष्ट्र बैंकले नै यी विलासिताका सहित विभिन्न ३७ प्रकारका वस्तुको आयात गर्दा १५० प्रतिशतसम्म नगद मार्जिन (बैंक धरौटी) राख्नुपर्ने व्यवस्था गरेको छ । जसका कारण पछिल्लो दुई महिनादेखि आयात उल्लेख्य रूपमै घटेको तथ्यांकले देखाएको छ । आयात घटेको समयमा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ ।


Advertisment
Nabil box
Kumari

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा चालू आवको पहिलो महिना (साउनमा) १९ अर्ब ४५ करोड रुपैयाँले आयात घटेको छ । यस्तो आयात गत वर्षको सोही महिनाको तुलनामा १२.९० प्रतिशतले घटेको देखिएको छ । आयात घटेको समयमा निर्यात पनि २८.६८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । यस्तो आयात साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको भएको छ ।

Vianet communication

यो तथ्यांकअनुसार असारमा भएको कुल १ खर्ब ५७ खर्ब २२ करोड रुपैयाँ बराबरको आयातको तुलनामा साउनमा भएको यस्तो आयात २६ अर्ब रुपैयाँले कम हो । 

आयात घटेकै महिनामा डलर सञ्चितिमा पनि सुधार देखिएको छ । गत असारमा ९ खर्ब ५४ करोड डलर सञ्चिति देखिएको छ । यस्तो डलर सञ्चिति अघिल्लो महिना जेठमा भने ९ अर्ब ४५ करोड डलर मात्रै थियो ।

वैशाखमा ९ खर्ब २८ करोड डलरमा झरेको यस्तो विदेशी डलरको सञ्चिति बढ्दै गएको देखिएको छ । यसको सम्बन्ध आयात र डलरको विनिमय दर बढेकै करण भएको पनि राष्ट्र बैंकको भनाइ छ । 

राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने डलर सञ्चितिमा डलर सटही दरले परेको प्रभाव र अन्य कारण खुलाउने गरेको छ । डलरको मूल्य बढेका कारण डलर सञ्चितिमा केही योगदान थपिएको भने देखिएको छ । 

साथै खर्च गर्दा पनि बढेकै डलरको मूल्यमा हुने भएकाले आयात घट्दा अर्थतन्त्रलाई राहत पुगेको देखिएको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल बताए ।

सरकारले आयात निरुत्साहन गरेर र विलासिताका वस्तुको खपत नै कम गरेर अर्थतन्त्र जोगाउन डलर सञ्चितिलाई बढाएको छ । यो समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल बताउँछन् । 

बजारमा आहत, उपभोक्ता मारमा

आयात रोकिएका वस्तुहरूको कारण त्यसको असर बजारमा पर्ने गर्छ । आयात ठप्प भएका गाडी, मदिरा, खेलौनासहितको क्षेत्रलाई असर गरेको छ । यो क्षेत्रको व्यापार व्यवसायमा असर परेको छ भने भएका वस्तुमा पनि व्यापारीले मूल्य बढाएर बेचिरहेका छन्, जसले गर्दा बजारमा मूल्य बढाउन सहयोग पुगिरहेको छ । 

आयात रोकिएका कारण सामान अभाव छ भने चीनबाट स्थलमार्गबाट रसुवागढी हुँदै आउने केरुङ नाकाबाट पनि सामान आइरहेको छ । नियमित समयको तुलनामा अहिले असार साउनमा आएका सामान चाडबाडका लागि नै आउँछन् । चिनियाँ पक्षले उक्त नाकाबाट सामान आउन नदिएपछि बजारमा चाडबाडकै मुखमा सामान अभाव भएको महाबौद्धका एक होलसेल व्यवसायी सरोज श्रेष्ठले बताए । 

उनका अनुसार व्यवसायीले एक महिना अगाडि नै ल्याउन प्रयास गरेका सामान नआएपछि अब फर्काएर भारतीय बाटो हुँदै पानीजहाजबाट ल्याउन लागिएको छ । यसका लागि कम्तिमा ४० दिन लाग्छ । 

चाडबाडको मुखमा आउनुपर्ने सामान पनि नआएका कारण एकातिर सामान नपाइने र भएका सामान पनि महंगो पर्ने गरेको छ । सरकारले आयात रोकिएका बाहेक अत्यावश्यक वस्तुहरू ल्याउन नदिनु भनेको उपभोक्तामाथिको अन्याय हो । व्यावसायिक विषयमा राजनीति हुँदा त्यसको असर सामान्य व्यवसायीदेखि आम सर्वसाधारणमा परेको बुझाइ पनि श्रेष्ठको छ । 

ट्रेड एक्स्पर्ट पुरुषोत्तम ओझा पनि बजारमा सामानको अभाव सिर्जना हुँदा महंगी बढेको तर्क गर्छन् ।

उनले भने, ‘विलासिताका वस्तुको आयात कम गर्दा आम जनतालाई त्यसले खास असर गर्दैन । तर, दैनिक अत्यावश्यक वस्तु रोकिँदा भने तत्कालै महंगी बढ्ने र समाजलाई असर गर्ने हुन्छ ।’

ओझाका अनुसार भुक्तानी सन्तुलन सहज नहुँदासम्म विलासिताका वस्तुको आयातमा रोक लगाउनुलाई सामान्य रूपमै लिइएको छ । यो बाहेक अत्यावश्यक वस्तुमा रोक नलगाउने गर्न सकिन्छ ।

नेपालभित्रै उत्पादन हुने धान, गहुँ, मकै, कोदोसहितका वस्तुको आयात घटाउने काम गरिरहँदा उत्पादनमा पनि जोड भने दिनुपर्ने हुन्छ ।

सरकारले आयात निरुत्साहन गरिरहँदा औद्योगिक वातावरण कति बनाएको छ, कृषि उत्पादन बढाउन के–के सहजीकरण गरेको छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । आयात मात्रै रोक्ने र आन्तरिक उत्पादन बढाउन नलाग्ने हो भने न अर्थतन्त्रमा सुधार आउँछ, न त आमनेपालीको जनजीवनमै सुधार आउने व्यापार विज्ञ ओझा बताउँछन् ।

राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल बजारमा महंगी नियन्त्रण गर्न र आयात कम हुँदा अभाव सिर्जना नहोस् भन्नकै लागि माग नै कम हुने व्यवस्था गरिएको बताउँछन् ।

‘आयात निरुत्साहनले महंगीमा दबाब पर्छ भनेर नै महंगीको दर घटाइएको छ भने बैंकबाट प्रवाह हुने कर्जाको वृद्धिदर पनि घटाइएको छ । यसले बजारमा महंगी हुन नदिने अपेक्षा राष्ट्र बैंकको छ । राष्ट्र बैंकले यो वर्ष बैंकहरूलाई १२ प्रतिशत मात्रै कर्जा विस्तार गर्ने सीमा दिएको छ भने मूल्य वृद्धि ७ प्रतिशतभित्रको सीमामा राख्ने काम गरेको छ । 

अहिले आयात नभएपनि पहिलाको स्टकका कारण तत्कालै असर नदेखिनुपर्ने बुझाइ राष्ट्र बैंकको छ । बजारमा अनावश्यक वस्तु नआएका कारण अर्थतन्त्रमा राहत हुनु राम्रो हो तर यही कारण आम नेपालीको चुल्होमा पर्ने असर भने कम गर्नुपर्ने तर्क पोखरेलको छ । महंगी बढ्न नदिने विषयमा राष्ट्र बैंक सजग रहेको उनले बताए । 

बजारमा सहज आपूर्ति गराउने, माग अनुसारको आपूर्ति गर्ने र अत्यावश्यकलाई प्राथमिकता दिएर सेवा गर्ने दायित्व चाहिँ सरकारकै भएको पोखरेलको बुझाइ छ । बजारमा केही वस्तुको आपूर्ति कम हुँदा सम्बन्धित क्षेत्रलाई पर्ने दूरगामी असर र अहिले परिरहेको समस्याको बारेमा भने सरकार नै जानकार हुनुपर्ने पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x