×

NMB BANK
NIC ASIA

एकीकृत समाजवादी कास्कीद्वारा उम्मेदवार सिफारिस

भदौ ११, २०७९

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा(एस)का तीन वटै सङ्घीय÷प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन् ।

Muktinath Bank

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। यस क्षेत्रबाट समानुपातिकमा गजकुमारी गुरुङ, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस भएका छन् भने समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिसमा परेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी प्रदेशसभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस भएका छन् । समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा  तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस भएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिए । 

Vianet communication

प्रदेशसभा २(१) मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, कृष्ण पराजुली (ढाका मोहन), सुशील बस्नेत, देवेन्द्र बास्तोला,  दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस भएको सो पार्टीले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस भएका छन् । प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै (रोशनी) जिल्ला कमिटीमा सिफारिस भएका छन् । 

यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली,  हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने र प्रदेशले रायसहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x