०८ साउन २०८३, शुक्रबार

एनसीसी बैंक र कर्णाली कियर हस्पिटलबीच छुट दिने सम्बन्धी सम्झौता

एनसीसी बैंक र कर्णाली कियर हस्पिटलबीच छुट दिने सम्बन्धी सम्झौता

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच व्यवसायिक सम्झौता भएको छ । एनसीसीका ग्राहकलाई अस्पतालमा उपचारमा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र हस्पिटलका उपनिर्देशक दीपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त अस्पतालको क्याबिन डिलक्समा २५ प्रतिशत, क्याबिन नर्मल र होलबढी चेकअपमा २० प्रतिशत छुट पाउने छन् । त्यस्तै, अपरेशन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान, एक्स रे, अल्ट्रा साउण्ड, इको, इन्डोस्कोपी, आईसीयू, एनआईसीयू, पोष्टअप, डेन्टल र एम्बुलेन्स सेवामा १० प्रतिशत तथा प्याथोलोजी र फार्मेसीमा ५ प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौता पत्रमा उल्लेख छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीयसेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्