नयाँ एवं ग्राहक उपयोगी, सेवा तथा सुविधा प्रदान गर्दै आएको सनराइज बैंक भिसा इन्टरनेसनलबाट एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।
बैंकले सहकारी सदस्यहरूलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधासमेत बैंकले दिँदै आएको छ । यसका साथै समय सापेक्षरूपमा प्रविधियुक्त विभिन्न सेवा सुविधाहरूसमेत दिँदै आएको छ । जसमा कार्डलेस विथड्र, ट्याप एण्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, मिस्डकल रिचार्ज, अनलाइन एकाण्ट ओपनिङ आदि हुन् ।
हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाखभन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।