×

NMB BANK
NIC ASIA

सामान्य भनाभनकै क्रममा नरबहादुरले गरे एकै परिवारका तीनजनाको हत्या

भदौ १७, २०७९

NTC
Premier Steels

उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको बिभत्स हत्या भएको छ । नाताले दाजु पर्ने नरबहादुर बस्नेतले भाइ, बुहारी र भतिजाको हत्या गरेका हुन् । नरबहादुरले भाइ ३७ वर्षीय राजकुमार बस्नेत, बुहारी (राजकुमारकी श्रीमती) ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय भतिज (राजकुमारका छाेरा) सुजन बस्नेतको खुकुरी हानेर बिभत्स हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए । 

Muktinath Bank

उनीहरू तीनै जनाको शव शुक्रवार दिउँसो १ बजे वादिङ खोलामा भेटिएको थियो ।  हत्यामा संल्गन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव शुक्रवार साँझसम्म खाेलामै छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलका नगरपालिका वडा नम्बर ७ का वडा सदस्य टेकबहादुर कार्कीका अनुसार आमा छोरोको शव नजिकै रहेको छ भने बुबा राजकुमारको शव १ सय मिटर पर भेटिएको थियो । ‘तीनै जना बिहान खेत गोड्न गएका रहेछन्, खेत गोडेर घर फर्कने क्रममा उनीहरूको हत्या भएको जस्तो देखिन्छ’, उनले भने ‘शवको प्रकृति हेर्दा पहिला बुबालाई हत्या गरेर पछि आमा छोराको हत्या गरेको देखिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

आमा छोराको शव भेटिएको नजिकै दुई भारी घाँससमेत छ । खोला पारीपट्टी दुई भारी घाँस राखिएको वडा सदस्य कार्कीले बताए । घाँस लिएर उनीहरू घर जाने तयारीमा रहेकाे देखिएको उनले बताए । घर जाने बाटोमा घाँसको भारी राखिनु र पारीपट्टी शव भेटिएकाले उनीहरूलाई खेदाउँदै लगेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । 

Vianet communication

नरबहादुर र राजकुमारको सम्बन्ध राम्रै भएको छरछिमेकीहरूले बताए । अब राजकुमारका दुई बहिनी छोरी र दुई जना आमा मात्रै घरमा रहेका छन् । आफ्नी आमा र शौतेनी आमा राजकुमारसँगै बसेका थिए । 

इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट घटनास्थलसम्म पुग्न ६ घण्टा लाग्छ । आधा बाटोसम्म मात्रै गाडी पुग्छ । शवको मुचुल्का भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । 

राजकुमारसँग सामान्य भनाभन हुँदा आवेगमा आएर हत्या गरेको नरबहादुरले प्रहरीलाई बताएका छन् । पहिला राजकुमारसँग भनाभन भयो त्यही समयमा आवेशमा आएर हत्या गरे भनेर सोधपुछका क्रममा नरबहादुरले बताएकाे  फुयाँलले जानकारी दिए । 

राजकुमारको हत्यापछि अब आमा छोरालाई पनि बाँकी राख्दिन भनेर तुरुन्तै सोच बनाएर हत्या गरेको उनले प्रहरीलाई सोधपुछका क्रममा बताएका छन् । ‘थप कारण खुलेको छैन’, प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने, ‘हत्यामा संलग्न एक्लै हो कि अन्य पनि छन् भने अनुसन्धान बढाइरहेका छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x