×

NMB BANK
NIC ASIA

मंसिर ४ पछि केपी ओलीकै नेतृत्वमा सरकार बन्छः ईश्वर पाेखरेल

भदौ २४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष पोखरेलले आगामी मंसिर ४ गतेपछि पुन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् । उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रा–गह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । 

Muktinath Bank

वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए । रणनीतिक महत्वका सडकहरू केपी ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रणनीतिक महत्वका सडकहरू काम प्रारम्भ भएका थिए, कनि कटौती गरियो ? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो ? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन । चुच्चे नक्शा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरूलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ’, पोखरेलले भने, ‘हामी केपी ओलीको नेतृत्वमा आगामी सरकार बनाउँछौँ । यो उद्घोष गरिसकेका छौँ । राष्ट्रिय विकास र समृद्धिको योजनामा केन्द्रित हुन्छौँ । छिमेकीसँग लडाइँ गर्ने भनेर नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्दैनौँ । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्छौं । हामी नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न चाहँदैनौँ । नक्कली कुरा गर्ने, अन्तर्राष्ट्रिय जगतमा ठगी गर्दै हिँड्ने, राष्ट्रिय राजनीतिमा अपराध गर्नेहरुलाई कहिल्यै छुट दिने छैनौँ ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x