×

NMB BANK
NIC ASIA

सेमिफाइनल समीकरण पूरा, साफ इतिहासमा भारतको पहिलो हार

भदौ २८, २०७९

NTC
Premier Steels

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यससँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब भुटान र बंगलादेश तथा दोस्रो सेमिफाइनल खेल नेपाल र भारत बीच हुने भएको छ ।

Muktinath Bank

साफ महिला इतिहासमै भारतले पहिलो हार भोगेको छ । यस अघि भारतले बंगलादेशसँग २०१६ मा गोल रहित बराबर खेलेको थियो । यसअघिका प्रतियोगितामा उपाधि जितेको भारतले बंगलादेशसँग ३–० ले पराजित भएसँगै पहिलो हार भोगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको मंगलबारको खेलमा बंगलादेशले भारतविरुद्ध परिपक्व खेल देखाउन सफल भएको थियो । सुरुआतबाट नै आक्रामक खेलेको बंगलादेशले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप एक गोल गर्दै साविक विजेतामाथि रोमाञ्चक जित निकालेको हो । समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउने क्रममा बंगलादेशका लागि मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन भने श्रीमोती सरकारले एक गोल थपिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐतिहासिक जित निकालेको बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेशले पहिलो हाफमा २–० को अग्रता निकालेको थियो । पहिलो हाफको अग्रता सँगै उच्च मनोबलका साथ खेलेको बंगलादेशका लागि ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन । पछि परेको भारत खेलमा फर्किन निकै कोशिस गरे पनि सफल हुन सकेन । भारतले बनाएका केही अवसर बंगलादेशकी गोलकिपर र डिफेन्डरले विफल पारेका थिए । बाँकी समयमा थप गोल हुन सकेन र भारत पहिलो पटक साफ इतिहासमा नतिजा सुम्पिन बाध्य बन्यो ।


Advertisment
Nabil box
Kumari

यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ए मा ३ खेलबाट ९ अंक बनाउँदै समूह विजेता बन्दा समान ३ खेल खेलेका भारतले ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । यस अघि समूह बीबाट नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

Vianet communication

च्याम्पियनसिप अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७–० को फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा सान्तोवना जित निकाल्यो । ८ वर्ष पछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । प्रतियोगिताबाट बाहिरि सकेका दुबै टोलीले मंगलाबार प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरेका थिए । अघिल्ला खेलमा नतिजा सुम्पिएका दुबै टोलीले सुखद अन्त्यको खोजीमा मैदान उत्रिएका थिए । माल्दिभ्सविरुद्ध फराकिाले जित निकाल्ने क्रममा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन । यस्तै बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे ।

पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग३–० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो भने माल्दिभ्सले पहिलो खेलमा बंगलादेशलाई ५–० को नतिजा सुम्पिएको थियो । यस्तै समूह चरणको दोस्रो खेलमा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको थियो । यसअघि, सन २०१४ को साफ महिला च्याम्पियनसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यति बेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x