×

NMB BANK
NIC ASIA

महानगरको अवैध संरचना हटाउन नागरिकले गर्न थाले सहयोग

भदौ ३०, २०७९

NTC
Premier Steels

पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् ।  

Muktinath Bank

कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन थालेका हुन् । विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानूनी आधार नभएका संरचना हटाएर कामपालाई सहयोग गर्न थालेका हुन् ।  
     
“पहिले जस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानूनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चाहना पनि त्यही नै हो”, कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने। करिब एक महिनादेखि कामपाले अवैधरूपमा निर्माण गरिएका सबै संरचना हटाउने काम गरिरहेको छ । सो संरचना हटाउनुपूर्व कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सूचनाको बेवास्ता गरेपछि कामपाले नक्साअनुसार निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने काम गरिरहेको छ । कामपाले यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो । यस अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ । 


Advertisment
Nabil box
Kumari

यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।  रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x