×

NMB BANK
NIC ASIA

एमसीसी पास गरेर ठीक गर्‍यौँ, बीआरआईबाट ठूलो अपेक्षा राख्न हुँदैनः सुरेन्द्र पाण्डे

भदौ ३१, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको दाबी गरे । उनले नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताए । 

Muktinath Bank

बीआरआई परियोजना चीनको आक्रामक योजना नभएर सामान्य मात्रै रहेको पाण्डेको भनाइ थियो । पूर्वअर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठीक गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेले नेपालमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए । उनले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरूको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानी सम्बन्धी नीति बनाउनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘अमेरिकी सहयोग एमसीसी लिएर ठीक गरेका छौँ । एमसीसी आउँदा चीनको चिन्ता चासो उठाएको होला । नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउँछ । भारतले नै नेपाललाई धेरै सयोग आउन दिँदैन । त्यसकारण नेपाली यो सेन्सेटिभिटीलाई हेरेर वैदेशिक लगानीसम्बन्धी नीति बनाउनुपर्छ’, उनले भने,  ‘विश्वका मुलुकहरू अन्य स्वास्र्थमा हिँडेका होलान् तर नेपालले आफ्नो स्वार्थको लागि सबैसँग वैदेशिक सहयोग लिनुपर्छ । हरेक देशहरूको विकासका नीतिहरुमा क्रूसियल फ्याक्टरहरू हुन्छन । जुन कुरालाई देशको नेतृत्वले समाउन सक्यो त्यो देश बन्छ । समाउन नसक्ने देशहरु पछाडि जान्छन् ।’

Vianet communication

पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताए । उनले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कूटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँले समेत दुःख पाउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x