×

NMB BANK
NIC ASIA

न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

भदौ ३१, २०७९

NTC
Premier Steels

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार भएको बताएका छन् । मानव अधिकार पत्रकार सङ्घ (हुर्जा)द्वारा  आज आयोजित ‘भ्रष्टाचारविरुद्धको महासन्धि, सुशासन र विधिको शासन’ विषयक कार्यक्रममा उनले समयमा न्यायापालिकाले न्याय दिन नसक्नु पनि भ्रष्टाचार भएको उल्लेख गरे ।  

Muktinath Bank

“न्यायलयले समयभित्र मुद्दाको छिनोफानो गर्न नसक्नु पनि भ्रष्टाचार हो”, उनले भने, “समयमा काम नसक्ने मानसिकता नै भ्रष्टाचार हो ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले समयमा फैसला भइ दोषीले सजाय पाए मात्र पीडितले न्याय पाएको महसुस गर्ने धारणा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायालयले विकास निर्माणका काममा पनि अवरोध गर्न नहुने तर कानुनविपरीत भएका विकास निर्माणका काम भए रोक्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षरुपमा भ्रष्टाचारको अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै भने, “भ्रष्टाचारको कुरामा पक्ष वा विपक्ष हेर्नु हुँदैन, बेरुजु न्यूनीकरण गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।” उनले भ्रष्टाचारी जत्रोसुकै भए पनि पत्ता लाग्ने बित्तिकै कारबाही गर्नुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाहरुको अन्तर्राष्ट्रिय सञ्जालको प्रशान्त क्षेत्रीय अध्यक्ष अशोक बेन्जुले भ्रष्टाचार संस्थागत हुनुमा सामाजिक संरचना र निर्वाचन प्रणालीमा खोट भएको उल्लेख गर्दै भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको हुँदा नियन्त्रण सबै संयन्त्र परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

Vianet communication

प्रदेशसभा सदस्य रामकाजी महर्जनले भ्रष्टाचारविरुद्धको आन्दोलनमा आफू विद्यार्थी हुँदा दुई वर्ष जेल परेको उल्लेख गरे । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्गले मुलुकमा सुशासन र पारदर्शिता कायम गर्न सके मात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिनेमा जोड दिइन् ।

पत्रकार हरिबहादुर थापाले ‘भ्रष्टाचारको सेपमा सुशासन, पारदर्शिता र मानव अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x