×

NMB BANK
NIC ASIA

महाभियाेग प्रकरण

अहिलेसम्म प्राप्त प्रमाणकै आधारमा महाभियोग लगाउन सकिन्छः कल्याणी खड्का

असोज १, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले अहिलेसम्म प्राप्त प्रमाणकै आधारमा चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन सकिने बताएकी छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै उनले थप प्रमाण जुटाउन सकेको भए राम्रो हुने भए पनि अहिलेसम्म प्राप्त प्रमाणकै आधारमा पनि महाभियोग लगाउन सकिने दाबी गरिन् । 

Muktinath Bank

खड्काले जबराले बयानमै कानूनविपरीत सर्वोच्च अदालतको भवन निर्माणका लागि ठेक्का लगाएको स्वीकार गरेको बताउँदै प्रधानन्यायाधीशलाई यसरी काम गर्ने कुनै अधिकार नभएको र त्यसलाई आधार मानेर पनि महाभियोग लगाउन सकिने बताइन् । उनले दबाबमा आएर राजनितिक प्रभावमा संसद् पुनर्स्थापनाको निर्णय गरेको भन्नु पनि न्यायालय स्वतन्त्र नरहेको पुष्टि हुने दाबी गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रन्जन कोइरालाको हकमा गरिएको फैसला, पर्साको छप्कैयास्थित पोखरी व्यक्तिको नाममा गरिएको फैसलाले पनि जबराले भ्रष्टाचार गरेको पुष्टि हुने खड्काको दाबी छ । ४० दिनसम्म अदालत चलाउन नसकेकाले उनी असक्षम रहेको पुष्टि हुने भन्दै खड्काले जबराले तास खेल्नु जुवा हो तर म्यारेज खेल्नु होइन भनेर फैसला गरेको बताइन् । यिनै आधारमा जबरालाई महाभियोगको सिफारिस गर्नुपर्ने खड्काको तर्क छ । 


Advertisment
Nabil box
Kumari

बैठकमा एमाले सांसदहरूले भने अहिलेसम्म प्राप्त प्रमाणकै आधारमा जबरालाई महाभियोग लगाउन नसकिने बताएका छन् । सत्ता पक्षका सांसदहरूले भने अहिलेसम्म प्राप्त प्रमाणले महाभियोगको सिफारिस गर्न सकिने र पछि आउने संसद्ले थप प्रमाण जुटाएर यसलाई अगाडि बढाउन सक्ने मत राखेका छन् । तर, एमाले सांसदहरूले भने उक्त प्रस्तावमा फरक मत राख्ने अडान लिएका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x