×

NMB BANK
NIC ASIA

ब्याजदर वृद्धिमा निजी क्षेत्रको असहमति, अर्थतन्त्रमा संकट नित्याउने भन्दै फिर्ता लिन माग

असोज ५, २०७९

NTC
Premier Steels

बैंक तथा वित्तीय संस्थाहरूले १ असोज बढाएको ब्याजदरमा निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरूले गरेको ब्याजदर वृद्धिले महंगी बढाउने, अर्थतन्त्रमा संकट नित्याउन सक्ने र अर्थतन्त्र संकुचित भएर राजस्वमा समेत २० प्रतिशतले कमी आउने भन्दै ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको हो । 

Muktinath Bank

महासंघले बुधवार एक प्रेस विज्ञप्ति निकाल्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघले बैंकहरूको ब्याजदर बढाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यसले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले ब्याजदर वृद्धिको निर्णय फिर्ता गराउने विषयमा सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको पनि उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

ब्याजदर वृद्धिले लागत बढेका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको महासंघको गुनासो छ । यसले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको महासंघले उल्लेख गरेको छ ।

Vianet communication

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्ने र अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करीब २० प्रतिशतले न्यून हुन गएको दाबी महासंघको छ ।

महासंघले जारी गरेको विज्ञप्ति अनुसार संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने समेत उल्लेख छ ।

अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सम्पूर्ण सबै सरोकारवालासँग आग्रह गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x