×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महोत्तरी– ३ मा महन्थलाई दीपेन्द्र झाको टक्कर, चुनावमा आमनेसामने हुँदा कसको पल्ला भारी ?

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मधेश आन्दोलनका प्रमुख कमान्डरमध्ये एक रहेका महन्थ ठाकुर फेरि पनि महोत्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।

Muktinath Bank

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष समेत रहेका ठाकुर यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी- ३ बाट चुनाव जितेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो र तेस्रो मधेश आन्दोलनको नेतृत्व गरेका ठाकुरलाई यसपटक भने २०७४ जत्तिको सहज छैन । नेपाली कांग्रेसमा लामो समय राजनीति गरेर २०६३ सालमा उनी मधेशको राजनीतिमा लागेका थिए ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको कोषाध्यक्ष समेत रहेका बेला उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

Vianet communication
Laxmi Bank

साविकको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेश आन्दोलनको उनले नेतृत्व गरेका थिए ।

आठ बुँदे सम्झौतापछि २०६४ सालको पहिलो संविधान सभा चुनावमा भने उनी सर्लाहीबाट पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही- ४ बाट उनी पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा उनी आफ्नो परम्परागत क्षेत्र सर्लाही छाडेर महोत्तरी- ३ बाट निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए ।

२६ हजार ८४५ मत ल्याएर उनी निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत मात्र ल्याएका थिए ।

कांग्रेस र सपाको सहयोग तथा आफ्नो जन्मस्थानमा फर्किएको भन्ने सहानुभूतिले महन्थलाई फराकिलो जीत दर्ता गर्न भूमिका खेलेको थियो ।

उनलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट दीपेन्द्र झाले चुनौती दिने सम्भावना बढेको छ । मधेश प्रदेश सरकारमा मुख्य न्यायाधिवक्ता रहिसकेका झा पनि महोत्तरी- ३ बाट नै पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बन्ने निश्चितजस्तै छ । झाले  मधेश आन्दोलनका समयमा अधिकारवादी अभियन्ता बनेर मधेशका विभिन्न जिल्लामा जनचेतना जगाउने काम गरेका थिए ।

त्यसबाहेक मधेश आन्दोलनका क्रममा राज्यद्वारा भएको हिंसाका विरुद्ध जेनेभास्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्ने काम समेत उनले गरिसकेका छन् ।

मधेशको अधिकारका लागि उनले विभिन्न पुस्तक लेख्नुका साथै अनागरिकहरूको पक्षमा समेत लामो समयदेखि वकालत गर्दै आएका छन्।

मधेश प्रदेशमा लालबाबु राउत नेतृत्वको सरकार बनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना र जोडबलमा उनलाई मुख्य न्यायाधिवक्ता बनाइएको थियो ।

झन्डै ५ वर्षसम्म मुख्य न्यायाधिवक्ता रहेका झा गत भदौ १८ गते मुख्यमन्त्री राउतलाई राजीनामा बुझाएर जसपामा प्रवेश गरेका थिए ।

राजनीतिमा डेब्यु उम्मेदवार भए पनि पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सके उनले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई कडा चुनौती दिने सम्भावना छ ।

स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ । उक्त क्षेत्रमा मा ५ वटा स्थानीय तह छन् ।

जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, एकडारा गाउँपालिका तथा मनराशिसवा नगरपालिका र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ ।

ठाकुर चुनाव लड्नुअघि ती पाँचवटै पालिकामा लोसपाले जितेको थियो। जलेश्वर नगरपालिकामा रामशंकर मिश्र, मटिहानी नगरपालिकामा हरि मण्डल, मनराशिसवा नगरपालिकामा सञ्जय सिंह, पिपरा गाउँपालिकामा विनोद चौधरी र एकडारा गाउँपालिकामा रामछविला साहले जितेका थिए । तर, २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ ।

जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका छन् भने लोसपाका निवर्तमान प्रमुख रामशंकर मिश्र ५ हजार ४३० मत ल्याएर पराजित भएका थिए ।

मनराशिसवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन पाण्डेय ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका निवर्तमान प्रमुख सञ्जयकुमार सिंह २ हजार ७७२ मत ल्याएर पराजित भएका थिए ।

पिपरा गाउँपालिकाको अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका थिए ।

एकडारा गाउँपालिकाको अध्यक्षमा जसपाका दीपनारायण मण्डल ४ हजार ४९९ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका रामछबिला साहले २ हजार ४११ मत ल्याएका थिए ।

झाको पैतृक गाउँ महोत्तरी- २ को मडई हो । आफ्नो गृह क्षेत्रबाट लड्नुको साटो महोत्तरी- ३ मा आउँदा टुरिस्ट उम्मेदवार हुने टिप्पणी लोसपाका कार्यकर्ताहरूको छ।

उक्त आरोपका सन्दर्भमा झा भने आफूले महोत्तरी- ३ मै बसाइँसराइ गराइसकेको बताउँछन्।

'मैले जलेश्वरमा बसाइँसराइ गराइसकेको छु । अब मेरो क्षेत्र महोत्तरी-३ नै भएको छ,' झाले भने, 'मेरो पैतृक गाउँ महोत्तरी-२ मै भए पनि म अहिले जलेश्वरको बासिन्दा हुँ । त्यसकारण म महोत्तरी- ३ मा टुरिस्ट उम्मेदवार होइन ।'

जसपामा झाबाहेक पूर्व सभासद हरिनारायण यादवले पनि दाबी गरिरहेका छन् ।

अर्कातर्फ नेकपा एमालेसँग लोसपाको गठबन्धन भयो भने ठाकुर 'कम्फर्ट जोन'मा पुग्न सक्छन् । एमालेका तर्फबाट रामदयाल मण्डल प्रमुख दाबेदार छन् ।

उनले टिकट पाए उनको अवस्था पनि बलियो देखिएको छ । तर तालमेल वा गठबन्धन भए मण्डलले उक्त क्षेत्र छाड्नुपर्ने हुन्छ ।

त्यस्तो अवस्थामा एमालेले ठाकुरलाई पूर्ण सहयोग गरे मात्र ठाकुरलाई सहज हुने हो । एमालेले अन्तर्घात गरेको अवस्थामा ठाकुरलाई असहज हुन सक्छ ।

सूची सच्याएर समानुपातिकमा बस्न सुझाव

महन्थलाई निकटस्थ र शुभचिन्तकहरूले समानुपातिकमा बस्न सुझाव दिन थालेका छन् । तर, लोसपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा महन्थको नाम छैन ।

'बन्दसूची सच्याउने समय १६ गतेसम्म छ । सूची सच्याएर भएपनि समानुपातिकमा बस्न सुझाव आएको छ,' लोसपा स्रोतले लोकान्तरसँग भन्यो ।

सुरक्षित हुने भन्दै सुझाव दिइए पनि थ्रेसहोल्ड नकटेमा के गर्ने भन्ने अन्योलमा महन्थ छन् । समानुपातिकबाट सांसद बन्न पार्टीले कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x