×

NMB BANK
NIC ASIA

नेपालगञ्जमा छाडा चौपाया व्यवस्थापनमा चुनौती

असोज १४, २०७९

NTC
Premier Steels

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु-चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्य-मुख्य चोकमा मात्र होइन गल्ली-गल्लीमा देख्न सकिन्छ ।

Muktinath Bank

दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुला स्थानमा तारबार गरी चौपाया थुन्ने गरेको छ । तथापि, बजारमा छाडिने छाडा-चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य हुन नसकेको नेपालगञ्जका स्थानीय रवीन्द्रकुमार ज्ञवालीले बताए । 


Advertisment
Nabil box
Kumari

उनले नेपालगञ्ज उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि नीतिगत सुधार गर्नुपर्ने भन्दै नीति नियमको निर्माण गरी रणनीतिका आधारमा समस्या समाधान गर्न सुझाव दिए । 

Vianet communication

नेपालगञ्ज–६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि वडा नं २१ पुरैनाको खाली जग्गामा खुलारूपमा छाडा चौपाया थुन्ने गरिएको वडाध्यक्ष राजकुमार साहुले बताए । उनले भने, ‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?’ 

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयाँैको संख्यामा पशु यता धपाउने गरिएको छ । खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । अर्कोतर्फ छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

समयसमयमा पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले काञ्जी हाउस पुर्‍याउने काञ्जी हाउस शाखाका पवन कनौजियाले बताए ।

उनका अनुसार टोलीले बजारका चारैतिर छरिएर रहेका पशुचौपायालाई जम्मा पारेर धपाउँदै काञ्जी हाउस पु¥याउने गर्दछ । छाडा चौपाया नेपालगञ्ज शहरका लागि ठूलो समस्या भएकाले यसको व्यवस्थापन तथा विकल्पका लागि विशेष कानूनसहितको रणनीतिक योजना निर्माण गर्नुपर्ने कानून व्यवसायी अधिवक्ता विश्वजित तिवारीले बताए । 

उनले जिल्लाका सबै स्थानीय तहले छाडा चौपायाको व्यवस्थापनको तयारीका बारेमा नेपालगञ्ज उच्च अदालतमा रिटसमेत दायर गरी त्यसको आदेशसहितको फैसला अझै कार्यान्वयनमा नआउनु भनेको दुःखद् कुरा भएको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x