माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि जारी गरेको विदेशी मुद्रा सटहीको दरअनुसार १ अमेरिकी डलर किन्न नेपाली मुद्रा १३१.४१ रुपैयाँ खर्चिनुपर्छ ।
डलरको मूल्य १ वर्ष अगाडि असोज १३ गते सटही दर ११८.७७ रुपैयाँ थियो । त्यसपछि पुस १४ गते डलरको मूल्य थोरै ओरालो लागेको देखिन्छ । त्यतिबेला १ डलर किन्न ११९.७५ रुपैयाँ खर्च गर्नुपर्ने थियो । गत वर्षको पुसपछि निरन्तर बढिरहेको डलरको मूल्य अहिलेसम्म रोकिएको छैन । हरेक महिना बढ्दै गएका कारण पछिल्लो १ वर्षमै डलरको मूल्य १२.६४ डलरले बढिसकेको छ ।
रसिया–युक्रेन युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग धेरै हुँदा मूल्य बढ्दै गएको हो । अमेरिकी डलरसँग सटही दरको तुलनामा नेपाली मुद्राको अवमूल्यन हुँदै गइरहेको छ । जसका कारण नेपाली मुद्रासँगको तुलनामा डलर अहिलेसम्मकै महंगो भएको हो । नेपाली मुद्रा भारतीय मुद्रासगँको स्थिर विनिमयको कारण भारतीय मुद्रा डलरसँग कमजोर हुँदै गएको छ । जसको असर नेपाली मुद्रामा देखिएको छ । अहिले भारतीय मुद्रा पनि डलरसँग अहिलेसम्मकै कमजोर भइरहेको छ ।
पछिल्लो अवस्थाले डलरको मूल्य महंगिन अझै नरोकिने नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘भारतीय रिजर्र्भ बैंक (आरबीआई) ले हस्तक्षेप गरेको अवस्थामा मात्रै डलर नेपालमा पनि सस्तो हुनसक्छ । अहिले भारतीय मुद्राको पनि नेपाली जस्तै गरी अवमूल्यन भइरहेको छ ।’
भारतले यसअघि हस्तक्षेप गरेर रोकेको भए पनि डलर सञ्चिति घटेका कारण फेरि खुला छाडिदिएको छ । भारतलाई पनि नाफा र घाटा दुवै हुुन्छ । पछिल्लो समय भारतले निर्यात बढाउनलाई डलर बलियो हुँदै जाँदा र आफ्नो मुद्रा कमजोर भइरहँदा पनि चुप लागेर बसेको देखिन्छ । भारतको आरबीआईले भारुलाई अवमूल्यन हुन नदिन बजारमा डलर बेच्नुपर्ने हुन्छ । डलर बजारमा पठाउँदा रिजर्र्भ घट्ने र ठूलो अर्थतन्त्र भएको मुलुक भएको हुँदा नकारात्मक असर पर्ने बुझाइ पनि हुनसक्ने राष्ट्र बैंकका अनुसन्धान विभागका श्रेष्ठले बताए ।
श्रेष्ठ नेपाली रुपैयाँ भारतीय मुद्रासँग आधारित भएको र कारोबार पनि वर्षाैदेखि स्थिर रहेको बताउँछन् । नेपाली मुद्रा भारुसँगको स्थिर विनिमय दर भएकै कारण भारुको अवमूल्यन हुँदा नेपाली मुद्राको समेत अवमूल्यन हुन पुगेको छ । ‘नेपालीले भारु १०० रुपैयाँ किन्न नेपाली मुद्रा १६० रुपैयाँ खर्च गर्नुपर्छ । पछिल्लो समय डलरसँग भारतीय मुद्रा नै अवमूल्यन भएको हुँदा नेपाली मुद्रा पनि सोही अनुपातमा अवमूल्यन हुँदै गएको श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइ, संघीय रिजर्ब कोषको रकम ०.५ बाट बढाएर २.०५ प्रतिशत बनाउनु र यसले गर्दा ब्याजदर अमेरिकामा नै बढी पाउने हुँदा भारतबाट पुँजी पलायन भएको अनुमान भइरहेको छ ।’ यसले भारतको विदेशी मुद्रा समेत घट्न पुगेको छ भने विदेशी मुद्राको सञ्चिति घटेर नेपाली मुद्राको अवमूल्यन समेत बढेको श्रेष्ठले बताए ।
डलरको मूल्य बढ्दै गएका कारण अहिले युरोभन्दा माथि पुगेको छ । अहिले युरो १ डलर साट्न १२५.७९ रुपैयाँ खर्च गरे पुग्छ । डलर किन्दा त्योभन्दा ५.६२ रुपैयाँ बढी खर्च गर्नुपर्छ । डलरको मूल्य बढ्नुले नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै असर गर्ने हुन्छ ।
डलरको तिरेर भारु किन्दा फाइदा
नेपालले आयात गर्ने वस्तु अधिकांश भारतबाटै आउँछ । भारतबाट किन्ने सामानको भुक्तानी नेपालले भारुमा नै गर्ने गरेको छ । नेपालले भारु किन्न डलर खर्च गर्ने गरेको छ । भारुको मूल्य पनि डलरसँग अवमूल्यन हुँदा नेपालले भारु किन्नमा फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘नेपालले डलरबाटै भारु साटेर सामानको भुक्तानी गर्छ । त्यसो हुँदा हिजोका दिन १०० डलर खर्च गर्दा जति भारी आउँथ्यो, त्योभन्दा बढी अहिले आउने हुन्छ ।’
नेपालमा आउने रेमिट्यान्स डलरमा आउँने हुँदा विदेशी मुद्रा सञ्चिति बढाउन सहयोगी हुन्छ । डलर धेरै आउने र भारतसँग १८–२० वस्तुबाहेक सबैको भुक्तानी भारुमै हुने हुँदा नेपाललाई उल्लेख्य घाटा नहुने बुझाइ पनि श्रेष्ठको छ ।
नेपाली श्रमिक गएका मुलुकको मुद्रा बलियो भएको छ र डलरसँग अवमूल्यन भएको छैन भने फाइदा नै हुन्छ । विदेशी मुलुकमा नेपाली श्रमिकले पाउने पारिश्रमिकको सटही दर पनि बढिरहेको छ ।
डलरको मूल्य बढ्दा नेपालमा विदेशी मुद्रा भित्र्याउने निकायले भने लाभ लिन सक्छन् । नेपालमा रहेका विभिन्न कम्पनीमार्फत आउने रेमिट्यान्सबाट लाभ लिन सकिने हुन्छ । रेमिटेन्स पठाउँदा नेपाली रुपैयाँमा पाउनेले बढी पाउँछन् ।
डलरको मूल्य बढ्दा सबैभन्दा बढी र प्रत्यक्ष लाभ लिन सक्ने क्षेत्र पर्यटन उद्योग पनि हो । यस्तो बेला पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्न सक्ने हुन्छ तर यसका लागि पर्यटक आगमन र उनीहरूले गर्ने खर्च बढाउन सक्नुपर्छ । नेपालमा विदेशी पर्यटक आउँदा डलर बोकेर आउने र डलर कार्डबाट हुने खर्चका कारण पनि विदेशी मुद्रा बढाउन सहयोग गर्छ ।
नाफाभन्दा ठूलो हिस्सा घाटामा
नेपाल आयातमा आधारित अर्थतन्त्र भएको मुलुक हो । नेपालले वार्षिक १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात गरिरहेको छ । यस्तो आयात गर्दा डलरमै भुक्तानी गरेर बाहिरबाट ल्याउनुपर्ने हुन्छ । भारतबाट आउने बढी खपत अधिक हुने वस्तु डलरमै किन्नुपर्छ । अरु मुलुकबाट आउने वस्तुको भुक्तानी पनि डलरमै हुने भएकाले नेपाललाई आयातमै ठूलो खर्च हुन्छ । डलर महंगिएका कारण डलर सञ्चिति जोगाउन पनि गाह्रो पर्दै जान्छ ।
निर्यात राम्रो भएका मुलुकलाई भने डलर बढ्दा लाभ हुन्छ । नेपाल निर्यातमा कमजोर छ । यसले वर्षमा जम्मा २ खर्ब रुपैयाँको मात्रै आयात गर्छ । यसको आयातको तुलनामा निर्यातको हिस्सा ९ प्रतिशत मात्रै भएकाले पनि डलरको भाउ बढ्दा लाभ लिन सक्दैन ।
डलरको मूल्य बढ्दा नेपालले विभिन्न देशबाट लिएको ऋणको साँवा ब्याजको भुक्तानीमा पनि डलर नै बढी खर्च हुन्छ । सम्बन्धित देशलाई नेपालले लिएको ऋणको सावाँ–ब्याज विदेशी मुद्रामै गर्नुपर्छ ।
यस्तो बेला बाहिरबाट डलर आम्दानी बढाउने र भुक्तानी कम गरेर विदेशी मुद्रा सञ्चिति भने बढाउनुपर्ने चुनौती रहेको राष्ट्र बैैंकको विदेशी विनिमय विभागको बुझाइ छ । डलरको मूल्य बढेपछि अपेक्षा अनुसार घट्न भने सक्दैन । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय भएकाले पनि जति भारतीय मूल्य अवमूल्यन हुन्छ, नेपाली मुद्रा पनि त्यति नै कमजोर हुन्छ । भारतीय मुद्रा बलियो हुँदै जादाँ नेपाली मुद्रा पनि बलियो हुन्छ ।
डलरको मूल्य बढ्दा निर्माणाधीन विदेशी लगानीका आयोजनाको लागत समेत बढ्न सक्छ । नेपालमा काम गरिसकेपछि भुक्तानी माग्ने गरिन्छ । काम सक्न लामो समय लाग्दा भुक्तानी डलरमै हुने हुँदा आयोजनाको लागत पनि बढ्दै जान्छ । यस्तो लागत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एउटैमा करीब ५ अर्ब रुपैयाँले बढेको अनुमान गरिएको छ ।
यसबाहेक विदेशी लगानीका आयोजनालाई डलरमै भुक्तानी गर्ने गरिएको विद्युत् व्यापार सम्झौता (पीपीए) भएको अवस्थामा आयोजनाको लागत बढ्छ । डलरमा गरिने यस्तो पीपीए बर्सेनि बढ्दै गएको विदेशी मुद्रा विनिमयको दरका कारण डलरमै भुक्तानी गर्नुपर्ने हुँदा भएको कारण खर्च बढी हुन्छ । डलरको मूल्य बढ्दा सीमित क्षेत्रमा लाभ हुने भए पनि खर्चको हिस्सा ठूलो भएको हुँदा घाटा हुनसक्ने दाबी सम्बन्धित क्षेत्रका जानकारहरूको छ ।
पछिल्लो १ वर्षमा अमेरिकी डलरको खरिद तथा बिक्रीदर
स्रोतः नेपाल राष्ट्र बैंक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...