×

NMB BANK
NIC ASIA

माहुरी पालेर प्रशस्त आम्दानी : एक वर्षमै झण्डै १३ करोडको मह बिक्री

असोज १७, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको संख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको छ ।

Muktinath Bank

घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रमा कर्मचारीको रूपमा काम गर्दा बोनस दिने चलन थियो । जागिर गर्दै गर्दा प्रत्येक वर्ष पाँच हजार रुपैयाँ बोनस दिने गरेको थियो । २०६० सालको बोनसबाट प्रेमबहादुरले माहुरीको एउटा घार माग गरे । बोनसमा पाएको एक घार माहुरीबाट शुरु गरेको उनीसँग अहिले ९७ घार माहुरी रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा घार माहुरीमा १० किलोसम्म मह उत्पादन हुन्छ । यसपालि ४० क्विन्टल मह उत्पादन भएको थियो । मह र माहुरी बिक्री गरेर रु १० लाख कमाइ भएको उनले बताए । खर्च कटाउँदा रु ७ लाख आम्दानी भएकोे छ । धेरै मेहनत गर्नु पनि नपर्ने र धेरै खर्च पनि नहुने भएकाले यो व्यवसाय राम्रो भएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरीजस्तो फूल मुख्य चरनका रूपमा भए पनि बाह्रै महिना उपलब्ध नहुँदा चरनका लागि जिल्लाबाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उनले बताए । 

Vianet communication

तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका चेतमान भण्डारीले १९ वर्षदेखि माहुरीपालन व्यवसाय शुरु गरेका छन् । उनले विशाल माहुरी फर्मको नामबाट माहुरीपालन गर्दै आएका छन् । उनीसँग २०० घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु १५ लाख आम्दानी गर्दै आएको उनले बताए । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत ५० प्रतिशत अनुदानबाट मह भण्डारणको मेसिन सहयोग पाएको उनले बताए । माहुरी जोन कार्यक्रमअन्तर्गत संकलन र प्रशोधनको सहयोग पाएको भण्डारीले बताए । माहुरी पाल्न सजिलो भए पनि चरनको समस्याले गर्दा केही चुनौती छ । ‘गत वर्ष बर्दियाको गुलरिया माहुरी चराउन लगेको थिएँ, यसपालि कहाँ जाने भन्ने निश्चित भएको छैन’, उनले भने । 

उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार ४० किलोसम्म मह उत्पादन हुने भण्डारीको अनुभव छ । खेतबारीमा गरेको मेहनतको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उनी बताउँछन् । 

माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताए । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन्  । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको छ । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।

नेपाल माहुरीपालक संघका अध्यक्ष विष्णु श्रेष्ठले जिल्लामा मह उत्पादन भए पनि मह खानेको संख्या भने कम रहेको र महको महत्त्व बुझाउन समस्या भइरहेको बताए । यसरी उत्पादन भएको मह जिल्लामा खपत नभएपछि कृषकले बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरेका छन् । दाङमा यस वर्ष ४५० टन मह उत्पादन भएकोमा २० टन मात्र बिक्री हुन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

यसवर्ष दाङबाट रु १२ करोड ९० लाखको मह बिक्री भएको छ ।  यहाँ उत्पादित मह काठमाडौं, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जका शहरमा बढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  तोरीको मह रु ५००, चिउरीको मह रु ६०० र रुदेलो चिउरीको मह रु ७०० प्रतिकिलोमा बिक्री भएको उनले बताए । ‘दाङ माहुरीपालनका लागि अन्य जिल्लाभन्दा उत्कृष्ट जिल्लाको रूपमा रहेको छ’, अध्यक्ष श्रेष्ठले भने । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x