
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभा सदस्य पदका लागि गृहजिल्ला भोजपुरबाट निर्वाचन क्षेत्र नं. ‘क’ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकेबमोजिम मुख्यमन्त्री राईले आइतवार दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गरेका थिए । उनले नेकपा एकीकृत समाजवादीका तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।
भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गरेका छन् । बाँकी एक प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद बान्तावा राईले उम्मेदवारी दर्ता गराएका छन् ।