×

NMB BANK
NIC ASIA

गठबन्धनलाई बलियो बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

असोज २४, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा सोमवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए । 

Muktinath Bank

तनहुँका ४ प्रदेश सभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । ‘गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्’, पौडेलले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै प्रदेश(क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका हुन् । तनहुँका चार प्रदेश सभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी निर्वाचनको तयारीस्वरुप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए । 

Vianet communication

बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारी, प्रदेश(क) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख)का उम्मेदवार जीतप्रकाश आले, नेपाली कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्ले, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x