×

NMB BANK
NIC ASIA

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

असोज २६, २०७९

NTC
Premier Steels

कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

Muktinath Bank

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उनले बताए । पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । उनका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ । 

Vianet communication

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘अहिले पनि बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गरिरहेका छौँ’, उनले भने, ‘अबको केही दिनमा सबै तथ्याङ्क आउँछ ।’

जिल्लामा विभिन्न ठाउँको पहिरोमा परेर पाँच जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन् । सयौँ घरपरिवार विस्थापित भएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x