×

NMB BANK
NIC ASIA

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

असोज २७, २०७९

NTC
Premier Steels

 कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे । घर सफा गर्न थाल्दा सर्प निस्कियो । 

Muktinath Bank

“घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो”, श्यामले भने, “श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेका छैनन् । बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ । “असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो”, श्यामले भने, “जीवन अस्तव्यस्त भएको छ । बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ । त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ । अब जस्तो भए पनि घरमै बस्छौँ ।”


Advertisment
Nabil box
Kumari

टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो । “घर वरिपरि पानी बगिरहेको छ । घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो । घरभित्र झारपात, हिलो र बालुवा मात्र छ”, धनाले भनिन्, “सारा फोहोर घरभित्र र बस्तीमा आएको छ । जताततै गन्हाएको छ । सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन् ।” 

Vianet communication

प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ । 
बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ । भजनीकी धनादेवी विकले बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गरिन् । 


लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन् । घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ । जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ । यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाहले बताए । 

सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनले सल्लाह दिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x