×

NMB BANK
NIC ASIA

अपराध

युवतीको प्रयोग गरेर सशस्त्रका असईको हत्या, भारत लगेर शव फ्याँकियो

असोज २७, २०७९

NTC
Premier Steels

सिरहामा सशस्त्र प्रहरी बलका जवानले आफ्नै सिनियर अधिकृतको हत्या गरेको खुलासा भएको छ । छिन्नमस्ता बीओपीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको उक्त बीओपीमै कार्यरत जवान होमबहादुर खत्रीले हत्या गरेको अभियोगमा पक्राउ परेपछि यस्तो खुलासा भएको हो । 

Muktinath Bank

सशस्त्र स्रोतका अनुसार यादवको जवान खत्रीले भारतीय युवती प्रयोग गरेर हत्या गरेको देखिएको छ । ‘के र किन हत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन । तर हत्यामा संलग्न भएको देखिएकाले उनी पक्राउ परेका हुन्’, सशस्त्रका एक अधिकारीले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगवानपुर गाउँपालिका–२ का असई यादव दशैंमा बिदामा घर गएका थिए । दशैंको अर्को दिन छिन्नमस्ता आउट बोर्डर पोष्ट (बीओपी) डियुटीमा फर्किएका यादवको शव सीमाबाट केही पर भारतीय भूमिमा फेला परेको थियो । 
नग्न अवस्थामा खोलामा फेला परेको शव सशस्त्र प्रहरी कर्मचारी भएको पुष्टि भएपछि प्रकृया पुरा गरेर नेपाल ल्याइएको थियो ।


Advertisment
Nabil box
Kumari

यो घटना भएपछि नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजविराज गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 
‘घटना भएपछि गणका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ, सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘सत्यतथ्य बुझ्नका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा समिति गठन भएको छ । 

Vianet communication

सशस्त्र प्रहरीले एआईजी चन्द्र प्रकाश गौतमको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको सहायक प्रवक्ता थापाले बताए । उनका अनुसार समितिले घटनाको सत्यतथ्य अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नेछ भने नेपाल प्रहरीलाई घटनाको अनुसन्धानका लागि सहयोग पनि गर्ने छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर विवाद हुँदा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार असई यादवको घाँटीमा डोरीले कसेको डाम र टाउकोमा चोट लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x