२२ असार २०८३, सोमबार

ओरालो लाग्यो परिसूचक र कारोबार

ओरालो लाग्यो परिसूचक र कारोबार

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

नेप्से परिसूचक नौ दशमलव ६९ अंकले ओरालो लागेर एक हजार आठ सय ६० दशमलव ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ मा सीमित भएको छ । 

कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर रु ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । आइतवारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट रु दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी रु दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहेका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्याण्डर्ड चार्टड बैंक सात दशमलव २५, एभरेष्ट बैंक पाँच दशमलव १५, नेपाल एसबीआई बैंक तीन दशमलव ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलव २६ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलव शून्य तीन, आशा लघुवित्त पाँच दशमलव ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलव ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्