×

NMB BANK
NIC ASIA

बेमौसमी वर्षा रोकिएपछि किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याई

कात्तिक १, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याई भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्षझै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए । तर, चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरू आकाश खुलेर धान काट्न पाएकामा खुसी छन् ।

Muktinath Bank

परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाइन् । उनी भन्छिन्, ‘हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंको भोलिपल्टदेखि शुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ता थियो । यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भए पनि वर्षा रोकिएसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुसी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रेसर मेसिनको पालो कुर्नु परेको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् ।

Vianet communication

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजो-आज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् । 

किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो ।रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x