×

NMB BANK
NIC ASIA

विवाह नगरेको भए पछुतो लाग्ने रहेछ : हरिवंश आचार्य

कात्तिक १, २०७९

NTC
तस्वीर : सुरेन्द्र थापा
Premier Steels

महजोडी अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘महापुरूष’ कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्ममा हरिवंशले दुई छोराको एकल बुबाको भूमिका निर्वाह गरेका छन्, जसले बुढेसकालमा विवाह गर्न लागेका छन् । फिल्मको ट्रेलरमा उक्त कुरा प्रस्तुत गरिएको छ । 

Muktinath Bank

टे«लर हेरेपछि कतिपयले फिल्म हरिवंशको वास्तविक जीवनसँग नै मेल खानेसमेत अड्कलबाजी गरिरहेका छन् । तर, हरिवंशले फिल्मको कथा आफ्नो जीवनसँग मेल नखाने प्रष्टयाएका छन् । मंगलवार फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो श्रीमतीको निधन भएपछि अर्काे विवाह गर्न चाहने कथा फिल्ममा देखाइएको छ । उमेर ढल्केपछि आफूले विवाह गरेको भाग मात्र फिल्मसँग मेल खान्छ । अरु कुराहरू वास्तविक जीवनभन्दा फरक छ ।’ अहिले सोँच्दा आफूले विवाह नगरेको भए पछुतो लाग्ने रहेछ भन्ने महसुस हुने कुरा हरिवंशले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबैकुरा विचार गरेपछि विवाह गर्ने निर्णय गरेँ । मेरो छोराहरूले पनि निर्णय गरे’, उनले भने, ‘विवाह नगरेको भए पछुतो हुने रहेछ भन्ने लाग्छ अहिले ।’ उनले विवाहपछि जीवन सहज भएको बताए । हरिवंशले अगाडि भने, ‘विवाह गरेपछि मेरो जीवन एकदमै सहज भयो । र, म काममा फर्किन सकेँ । मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ । त्यस्तो घटना सबैभन्दा ठूलो दुर्भाग्य हो । तर, अहिले जीवन सजिलो भएको देखेर ठीकै काम गरेको रहेछु भन्ने लागेको छ ।’ पत्नी वियोगपछि हरिवंशले १० वर्षअघि ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए । 


Advertisment
Nabil box
Kumari

भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने ‘महापुरूष’मा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेललगायतको अभिनय छ । म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x