०४ साउन २०८३, सोमबार

शुरू भयो चुनावी चटक– त्रिपालमा सुकाएको धान उठाउन पुगिन् सुजाता !

कात्तिक २, २०७९
शुरू भयो चुनावी चटक– त्रिपालमा सुकाएको धान उठाउन पुगिन् सुजाता !

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले चुनावी चटक शुरू गरेका छन् ।

मतदातासँग नजिक भएको देखाउन अघिल्लो निर्वाचनमा उम्मेदवारले कतै धान काट्दै गरेका र कतै हलो जोत्दै गरेका तस्वीरहरू सार्वजनिक भएका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम शुरू गरिसकेका छन् । 

निर्वाचन आयोगले कात्तिक १७ बाट मात्र घरदैलो गर्न पाउने निर्णय गरेपनि उम्मेदवारहरूले घरदैलो शुरू गरिसकेका छन् । चुनावी घरदैलो कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइरालाले त्यस्तै चटक देखाएकी छिन् । 

मोरङ– २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सुजाताले गाउँमा मतदाताको घरमा गएर उठाइसकेको धान हातमा लिएर चटक गरेकी छिन् । 

आफैँले सार्वजनिक गरेको अर्को तस्वीरमा सुजाताले तरकारी पसलको तराजु समातेकी छिन् ।

सुजाता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । यसअघि उनी समानुपातिकबाट सांसद थिइन् । 

मोरङ– २ मा सुजाताले एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन् ।  

कमेन्ट गर्नुहोस्