×

NMB BANK
NIC ASIA

आलेख

चीन र सिंगो विश्वलाई तरंगित पार्ने सीपीसीको बीसौं राष्ट्रिय महाधिवेशन

कात्तिक २, २०७९

NTC
Premier Steels

अहिले नेपालको उत्तरी छिमेकी तथा विश्वको प्रभावशाली शक्तिराष्ट्र जनगणतन्त्र चीनमा सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको रापिलो प्रक्रिया चलिरहेको छ । जनगणतन्त्र चीनको संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रिय महाधिवेशन पार्टी तथा देशकै भविष्य निर्धारण गर्ने सबैभन्दा उपल्लो थलो हो । 

Muktinath Bank

हरेक पाँच वर्षमा आयोजना हुने यस महाधिवेशनमा भूगोलको प्रतिनिधित्व गर्दै अनि सुरक्षा निकायबाट समेत चुनिएर आउने महाधिवेशन प्रतिनिधिहरूले अर्को पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टी प्रमुख, चिनियाँ राष्ट्रपति, जनमुक्ति सेनाका प्रमुखदेखि चिनियाँ सरकारप्रमुख समेतलाई निर्वाचित गर्ने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बदलिँदो विश्व परिवेश तथा बदलिएको चीनको सामरिक परिदृश्यका पृष्ठभूमिमा भइरहेको बीसौं महाधिवेशनले अत्यन्तै रणनीतिक तथा दीर्घकालीन महत्त्व बोकेको छ । यसले निर्धारण गर्ने नीति तथा निर्वाचित गर्ने नेतृत्वले चीनमा मात्र नभएर वैश्विक अर्थराजनीति, कूटनीति, सुरक्षा, सामरिक, वैज्ञानिक तथा अनुसन्धानको समग्र क्षेत्रमा गहिरो बदलाव तथा क्रमभंगता ल्याउने प्रस्ट छ । 


Advertisment
Nabil box
Kumari

विशेषतः समकालीन विश्व राजनीतिक रंगमञ्चमा जनवादी गणतन्त्र चीनको उपस्थिति देखिने तथा अनुभव हुने अवस्था आएको बहालवाला चिनियाँ राष्ट्रपति सी चिनपिङको दोस्रो कार्यकालबाट शुरू भइसकेको जगजाहेर छ । विगतमा नरम कूटनीति अपनाइरहेको चीनले सीको उदयसँगै हस्तक्षेपकारी शक्तिराष्ट्र अमेरिकाको निकटतम प्रतिस्पर्धी शक्तिका रूपमा आपूmलाई प्रस्तुत गरिरहेको छ । 

Vianet communication

सोभियत संघको पतनपश्चात्को करीब तीन दशक एकध्रुवीय विश्वको नेतृत्व गर्दै आइरहेको संयुक्त राज्य अमेरिका राष्ट्रपति सीको सशक्त उदयपछि अनेकौं बखेडा झिक्दै चीनलाई कमजोर बनाउनमा केन्द्रित रहेको देखिन्छ । त्यसैको एउटा अंगका रूपमा बीसौं महाधिवेशनको समुद्घाटनको पूर्वसन्ध्यामा पश्चिमी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूले राष्ट्रपति सीका विषयमा अफवाहहरू प्रसारित/प्रकाशित गरे । त्यतिले मात्र नपुगेर उनीहरू राजनीतिक षड्यन्त्र सिद्धान्तको असफल प्रयोगकै तहमा ओर्लिए । 

निश्चय नै हरेक राजनीतिक प्रणालीका आ–आफ्ना सीमाहरू रहने गर्छन् । वस्तुतः मुख्य कुरा भनेको जनताको स्वीकार्यता, सामाजिक अन्तर्विरोधहरूको सही पहिचान र वस्तुनिष्ठ समाधान, जनताले अनुभव गर्नेगरी विकास निर्माणका कार्यहरूको सम्पन्नता तथा सामाजिक न्यायको अनुभूति हरेक राज्य सञ्चालन प्रणाली सफलताका मापक हुन् । 

इतिहासको तीतो अनुभवलाई चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारले पाठको रूपमा लिई समाजवादी प्रणालीलाई जीवनदर्शनको रूपमा सफल प्रयोग गर्दै निकै छोटो अवधिमा भौतिक, आर्थिक, सामाजिक, वैज्ञानिक, सैन्य, प्रविधि लगायत विकासका हरेक परिसूचकमा ऐतिहासिक सफलता हासिल गरिसकेको छ । यसर्थ चिनियाँ समाजवादी शासनप्रणालीलाई असफल सिद्ध गर्ने तथा चीनभित्र विशेषतः मानवअधिकारको नाममा घेराबन्दी गर्ने पश्चिमा रणनीतिलाई जारी बीसौं महाधिवेशनले विशेष कार्यनीति सहित पुनः असफल पार्ने प्रायः निश्चित नै छ । 

मुख्यतः नेतृत्वको सवालमा जतिसुकै अफवाह बाहिर आएको भए पनि चीन सामूहिक नेतृत्व प्रणालीबाट अघि बढ्ने कुरालाई निरन्तरता दिँदै राष्ट्रपति सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्न सक्ने पूर्वानुमान गर्न सकिन्छ । विशेषतः महाधिवेशनले परम्परागत रूपमा चिनियाँ कम्युनिस्ट नेतृत्वले भन्ने गरेको चिनियाँ विशेषताको मार्क्सवादलाई तात्त्विक परिमार्जन गर्दै चिनियाँ परिवेशको समाजवादी व्यवस्थालाई आत्मसात र प्रवर्धन गर्ने राष्ट्रपति सीको विचारधारालाई थप प्रस्ट र प्रवर्धन गर्ने निश्चित छ । 

बीसौं राष्ट्रिय जनकंग्रेस विगतमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको एकताबद्ध सहकार्यबाट प्राप्त उल्लेखनीय सफलताहरूको साक्षी रहिआएको छ ।  विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक शताब्दी पूरा भई नयाँ शताब्दी आरम्भ भइसक्दा गरीबी निवारणमा पार्टीले अतुलनीय सफलता हासिल गरिसकेको छ । सर्वांगीण रूपमा मध्यमस्तरको समृद्ध समाज निर्माण तथा चिनियाँ विशेषता सहितको समाजवादी व्यवस्थाको निरन्तरता कायम राख्न सक्नु कुनै पनि राष्ट्र सञ्चालन गर्ने राजनीतिक दलको लागि प्रशंसनीय सफलता नै हो । 

यही ऐतिहासिक अनुभव तथा प्रयोगको जगमा २१औं शताब्दीका विभिन्न नयाँ अवसर तथा आन्तरिक र बाह्य चुनौतीलाई गहन विश्लेषण तथा आत्मसात गर्दै वस्तुनिष्ठ कार्यनीति अवलम्बन गर्न जारी २०औं राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा सफल हुनेमा चिनियाँ समाज विश्वस्त रहेको देखिन्छ । 

मुख्यतया राष्ट्रपती सीको उदयपश्चात् विश्वमञ्चमा चीनले अमेरिकाको हैकमवादी प्रवृत्तिविरुद्ध दिइरहेको चुनौतीलाई आगामी समयमा अझै व्यवस्थित र सुसंगत रूपले अगाडि बढाउने निश्चित छ । 

तङ स्याओपिङ, च्याङ चमिन र हु चिन्ताओसम्मका चिनियाँ राष्ट्रपतिहरूले घरेलु समाजवादी अर्थतन्त्रलाई पूँजीवादी पश्चिमी अर्थतन्त्र र बजारसम्मको अधिकतम पहुँचलाई सम्भव तुल्याएका थिए । बहालवाला राष्ट्रपति सीले चिनियाँ राजनीति तथा अर्थतन्त्रलाई मार्क्सवादी सिद्धान्तपरक कूटनीति तथा परराष्ट्रनीतिलाई राष्ट्रवादी धारउन्मुख गराउने प्रयत्न गरेको देखिन्छ । तसर्थ जारी अधिवेशनले चिनियाँ राजनीति तथा परराष्ट्रनीतिको विकासमा गहिरो प्रभाव पार्ने निश्चित छ । 

आजको भूमण्डलीकृत विश्व व्यवस्थाको अग्रणी खेलाडीका साथै छिमेकी देश समेत भएको नाताले पनि चीनको विकास र शान्तिपूर्ण उदय नेपाली तथा नेपालीहरूको लागि पनि अर्थपूर्ण तथा लाभकारी हुनेछ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x