×

NMB BANK
NIC ASIA

पत्रकारिता छाडेर पशुपालनमा रमाउँदै कञ्चनपुरका साउँद

कात्तिक ३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । 

Muktinath Bank

७० लाख रुपैयाँ लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

'शुरूमा मैले बट्टै पालन गरेको थिएँ, पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो,' उनले भने,'लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागेँ । 

Vianet communication
Laxmi Bank

शुरूआतमा चार लाख रुपैयाँमा लगानीमा बाख्रा पालन शुरू गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले ७० लाख रुपैयाँ लगानी गरेको उनले बताए ।

'बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गएँ अहिले भैँसीपालनका लागि तयारी गर्दै छु,' उनले भने, 'यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हुँ यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।'

उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । 

बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए ।

'अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु,' उनले भने, 'अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।'

अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए ।

'भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु,' उनले भने,'विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।'

पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उनले बताए । 

'हरेक बुधवार यहाँबाट काठमाडौँ खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ,' उनले भने,'अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।'

उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन् ।  रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x