×

NMB BANK
NIC ASIA

यो तिहारमा हवाईयात्रा गर्दै हुनुहुन्छ ? एनआईसी एशियाबाट डिजिटल भुक्तानी गर्दा पाइन्छ छुट

कात्तिक ४, २०७९

NTC
Premier Steels

यो तिहार वा छठमा आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई भेट्न हवाईयात्रा गर्दै हुनुहुन्छ ? यदि यस्तो तयारी छ र हवाइयात्राको लागि टिकट काट्दै हुनुहुन्छ भने एनआईसी एशिया बैंकको डिजिटल प्लेटफर्मबाट टिकट काट्दा विशेष छुट अफर उपलब्ध छ ।

Muktinath Bank

एनआईसी एशिया बैंकका अनुसार यति एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सबाट टिकट काट्दा यस्तो छुट पाउन सकिन्छ । एनआईसी एशिया बैंकको वेबसाइट वा एपबाट यस बैंकको साइबरसोर्स इन्टरनेट पेमेन्ट गेटवे (आइजीपी) प्रणाली प्रयोग गरेर भुक्तानी गर्दा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइबरसोर्स आइपीजी भनेको एक सुविधाजनक र सुरक्षित कार्डमा आधारित अनलाइन भुक्तानी प्रणाली हो । जहाँ कुनै पनि आन्तरिक वा अन्तर्राष्ट्रिय बैंकका कार्ड प्रयोगकर्ताहरूले नेपालका मर्चेन्टसँग भुक्तानी गर्न सक्छन् । एनआईसी एशिया बैंकको खाता रहेका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

एनआईसी एशियाले दशैं, तिहार र छठको अवसरमा अन्य धेरै कम्पनीसँगको सहकार्यमा विभिन्न सुविधाहरू पनि ल्याएका छ । बैंकका अनुसार २७ वटा मर्चेन्टमा कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक उपलब्ध गराएको छ । 

Vianet communication

बैंकको डिजिटल प्लेटफर्म प्रयोग गरेर विभिन्न सुपरमार्केट, एयरलाइन्स, फुड डेलिभरी, ई–कमर्श प्लटेफर्मदेखि अन्य व्यवसायिक संस्थामा यो छुट पाउन सकिन्छ । एनआईसी एशिया बैंकका अनुसार यो अफर कात्तिक १५ गतेसम्म रहेको छ ।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, र साथीमार्टमा किनमेल गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । भाट–भटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ । जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन् ।

त्यस्तै, फुडमाण्डु र भोजडिल फुड डेलिभरी कम्पनीबाट खाना अर्डर गरेर एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट वा ३५० सम्म क्यासब्याक पाउन सकिन्छ । 

सिजी डिजिटल, बिग डिजिटल र त्रिबेणी ग्रुपबाट सामान खरिद गर्दा पनि छुट सुविधा प्रयोग गर्न पाइन्छ । सिजी डिजिटलबाट २५ हजारभन्दा माथिका सामान खरिदमा एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । बिग डिजिटल र त्रिबेणी ग्रुपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म क्यासब्यक प्राप्त गर्न सकिन्छ । 

अन्य विभिन्न ई–कमर्श प्लेटफर्मबाट सामान किन्दा पनि १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । ग्यापु, ठूलो डट कम, साझाडिल, यूजी केक्स र स्वाद सदनबाट सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा उक्त सुविधा उपभोग गर्न पाइन्छ । 

त्यस्तै, इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जिबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्रि, लस्कर फुड्स एण्ड डेलिभरी र ओखर स्टोरमा किनमेल गर्दा एनआईसी एशिया बैंकले विशेष छुट उपलब्ध गराएको छ । यी स्टोरमध्ये इभो स्टोर र सामसङ प्लाजामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

नेपाल ट्रेड नेटवर्क (टिटान)मा १५ प्रतिशत छुट वा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध छ । अन्य स्टोरमा भने १५ प्रतिशत छुट वा ३ सय रुपैयाँ क्यासब्यक उपलब्ध रहेको छ । यो सुविधा लिनको लागि एनआईसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।  

एनआईसी एशिया बैंक मुलुकको सबैभन्दा ठूलो बैकिङ सेवा विस्तार गरेको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सञ्चालन गरेर ग्राहकलाई सेवा सुविधा उपलब्ध गराइरहेको छ । शहरी क्षेत्रमा मात्र नभएर विकट, दुर्गम, सहरउन्मुख क्षेत्रमा पनि आफ्नो सेवा सञ्चालन गरिरहेको छ । 

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यूनरहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x