×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

सिन्धुपाल्चोक–१ : माधवलाई अग्निको विरासत जोगाउने चुनौती, सरेशलाई बलियो संगठनको आधार

कात्तिक ५, २०७९

NTC
Premier Steels

सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मा मंसिर ४ मा हुने चुनावमा लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धीका रूपमा छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा सिन्धुपाल्चोकको दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ माओवादी केन्द्र र क्षेत्र नम्बर–२ कांग्रेसको भागमा परेको थियो । 

Muktinath Bank

क्षेत्र नम्बर–१ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता माधव सापकोटा उम्मेदवार भएका छन् भने एमालेले सरेश नेपाललाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर–१ बाटै उम्मेदवार बन्न जोडबल गरेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भने क्षेत्र नम्बर–२ मा सरेर उम्मेदवार भएका छन् । क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्न सबै तयारी गरेका उनी उक्त क्षेत्र कांग्रेसको भागमा नपरेपछि अर्को निर्वाचन क्षेत्रमा सरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा मतको हिसाबले मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हो । तर, गठबन्धनका कारण उक्त क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । एमालेले भने कांग्रेसको उम्मेदवार नहुनुलाई अवसरको रूपमा लिएको छ । 


Advertisment
Nabil box
Kumari

२०७४ को चुनावमा एमालेको सहयोगमा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले क्षेत्र नम्बर–१ बाट चुनाव जितेका थिए । सापकोटाले कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए । 

Vianet communication

सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ को निर्वाचन नतिजा एमालेको लागि जित र हारको नतिजा बराबरीजस्तै छ । २०४८ को चुनावमा उक्त क्षेत्रबाट एमालेका अमृतकुमार बोहोराले कांग्रेसका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका थिए । ०५१ को मध्यावधि चुनाव पनि एमालेका बोहोराले नै जिते । 

२०५६ मा भने सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट एमालेले चुनाव हार्‍यो । कांग्रेसका बस्नेत सांसद बने । त्यसपछि, लामो समय चुनाव नै हुन पाएन । ०६४ को पहिलो संविधान सभा चुनावबाट भने सिन्धुपाल्चोकमा माओवादी केन्द्रको उदय भयो । त्यसबेलाको क्षेत्र नम्बर–२ बाट अग्नि सापकोटाले चुनाव जितेका थिए । २०७० मा भएको चुनावमा भने एमालेका उम्मेदवार अरुण नेपाल कांग्रेसका बस्नेतसँग ३२ मतले चुनाव हारेका थिए । 

२०७२ मा संविधान बनेपछि संघीय प्रणालीअनुसार निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा सिन्धुपाल्चोकमा क्षेत्र नम्बर–२ लाई १ र ३ मा बाँडेर दुई वटा मात्रै निर्वाचन क्षेत्र बनाइयो ।

२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रले देशभर चुनावी गठबन्धन गरेको थियो । सिन्धुपाल्चोकको २ वटा निर्वाचन क्षेत्रमध्ये १ बाट सापकोटा र २ बाट शेरबहादुर तामाङले चुनाव जितेका थिए । त्यसबेला चुनाव जितेर सांसद भएका सापकोटा पछिल्लो समय प्रतिनिधि सभाको सभामुख बने । यस पटक भने उनले चुनाव नलड्ने भनेपछि उनका भतिज माधव सापकोटालाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको मत परिणाम हेर्ने हो भने सिन्धुपाल्चोक–१ मा कांग्रेस पहिलो दल हो भने एमाले दोस्रो र माओवादी तेस्रो दल हो । कांग्रेसले ३४ हजार ७६१ मत पाउँदा एमालेले २७ हजार ५९ र माओवादी केन्द्रले १९ हजार ३४४ मत पाएको छ । पहिलो हैसियतमा रहेको कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार सापकोटालाई हँसिया–हथौडामा मतदान गर्नुपर्ने छ ।

नेकपा एमालेले उम्मेदवार बनाएका नेता सरेश नेपाल भने उक्त क्षेत्रमा स्थापित नेता हुन् । ०७४ को चुनावमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका नेपाल बागमती प्रदेशको उद्योग वन तथा वातावरणमन्त्री भएका थिए । जिल्लामा उनी भूमिहीनका पक्षमा वकालत गर्ने अगुवाकारूपमा चिनिन्छन् ।

२०४० सालमा भएको पिस्कर हत्याकाण्डको विरोधपछि उनी तत्कालीन पञ्चायतको खोजीमा परेका थिए । त्यसबेला उनले लामो समय भूमिगत भएर राजनीतिक जीवन बिताए । नेपालले २०४० देखि ०४३ सालसम्म जेल जीवन पनि बिताएका छन् । 

०४८ सालको चुनावमा उनले सिन्धुपाल्चोक जिल्ला विकास समितिको उपसभापति र ०५३ सभापति निर्वाचित भए । त्यसपछि भने उनले २०७४ सम्म चुनाव लड्ने अवसर पाएनन् । २०७४ मा एमाले उनलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको थियो । 

अहिले नेकपा एमालेमा केन्द्रीय सदस्य रहेका नेपाल २०६१ मा भूमि अधिकार मञ्च सरोकार समूहका अध्यक्ष भएका थिए । सुकुम्बासी समस्या समाधान आयोगका पूर्वकेन्द्रीय सदस्य, नेकपा एमाले केन्द्रीय लेखा परीक्षण आयोग सदस्यको रूपमा नेपालले राजनीतिक भूमिका निर्वाह गरेका छन् ।

सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका माधव सापकोटा भने सानै उमेरबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय भएका हुन् । 

सापकोटा २०५१ सालमा अखिल क्रान्तिकारी बाल इकाइ समितिमा संगठित भएका थिए । ०५६ सालबाट उनी भूमिगतरूपमा माओवादी आन्दोलनमा सहभागी भएका थिए । माओवादीमा भूमिगत जीवन शुरू गरेपछि सापकोटा ०५८ मा जनमुक्ति सेनामा स्क्वाड कमान्डर बनेका थिए । 

०५९ मा प्लाटुन कमान्डर हुँदै ०६१ मा कम्पनीका कमिसार र ०६२ मा ११औँ बटालियन कमान्डर बन्ने अवसर पाएका थिए । पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि ०७१ मा जिल्ला पार्टी मोर्चा उनको काँधमा आएको थियो । ०७३ मा उनी माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य, ०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाको केन्द्रीय समिति सदस्य तथा जिल्ला सहइन्चार्जको भूमिका सापकोटालाई प्राप्त भएको थियो । अहिले उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् भने सिन्धुपाल्चोकका पार्टी इन्चार्ज पनि हुन् ।

चुनावी चर्चा 

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा गठबन्धनको उम्मेदवार बनेका सापकोटालाई आफ्ना काका अग्निप्रसाद सापकोटाको विरासत धान्ने जिम्मेवारी आइलागेको छ । त्यहाँबाट चुनाव जितेका अग्नि पटक–पटक मन्त्री र सभामुखसम्मको राजकीय भूमिकामा पुगेका छन् । उनकै छत्र छायाँमा हुर्किएका माधव पहिलो पटक चुनावी मैदानमा छन् । 

सिन्धुपाल्चोक–१ मा गठबन्धनका शक्तिहरूले खुलेर सहयोग नगर्दा चुनावी जित निकाल्न त्यति सहज छैन । अर्कोतर्फ, उक्त क्षेत्रको प्रमुख शक्ति कांग्रेसको प्रतिनिधि सभामा उम्मेदवार नहुँदा कांग्रेसको मत चोर्न सजिलो हुने एमालेको विश्लेषण छ । राजनीतिक शक्तिको हिसाबले सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्र र कांग्रेसको सम्बन्ध तिक्ततापूर्ण छ ।

उम्मेदवार दर्ताकै क्रममा कांग्रेस र माओवादी केन्द्रमा विभाजन देखिएको थियो । उनीहरूले सँगै निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएनन् । पछिल्ला दिनमा चुनावी प्रचारको क्रममा पनि माओवादी केन्द्रले कांग्रेसको खुलेर साथ र समर्थन नपाएको गुनासो माओवादी केन्द्रका नेताहरूको छ ।  

माओवादी केन्द्रबाट २०७४ मा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर जितेका अमानसिंह तामाङ एमाले प्रवेश गरेर प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । 

उनको निर्वाचन क्षेत्र–२ मा भए पनि क्षेत्र नम्बर–१ को केही मतमा उनको प्रभाव रहने सिन्धुपाल्चोकका माओवादी नेताहरू स्वीकार्छन् । कांग्रेसले सहजै चुनावमा सहयोग गर्दा माधव सापकोटाले संसद्को यात्रा सुनिश्चित गर्न सक्छन् ।

गठबन्धनको तर्फबाट प्रदेश सभा–१ मा कांग्रेसको तर्फबाट मानकुमारी खडका (मसिना)ले उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश सभा–२ मा माओवादीको तर्फबाट सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

तर, एमालेको उम्मेदवार सरेश नेपाल पनि सापकोटाका लागि कमजोर उम्मेदवार होइनन् । क्षेत्र नम्बर–१ मा कांग्रेसको उम्मेदवार नभएको र कांग्रेसका मतदाताले माओवादीलाई भन्दा एमालेलाई नै सघाउने विश्लेषण सिन्धुपाल्चोक एमालेको छ । कांग्रेसको उम्मेदवार नहुनुलाई नै सिन्धुपाल्चोक एमालेले जितलाई सजिलो बनाउने पक्षकोरूपमा विश्लेषण गरिरहेको छ । 

माओवादी अस्थिर भएको कारण देशको राजनीति बिग्रिएको र अबको चुनावबाट माओवादीलाई परास्त गरेर एमाले र कांग्रेसको प्रतिस्पर्धा हुने अवस्था बनाउनुपर्ने भन्दै एमालेका नेताहरूले भाषण गर्ने गरेका छन् ।

एमालेले एक्लै चुनावी प्रतिस्पर्धामा भाग लिएको भए पनि सिन्धु एमालेभित्रको अन्तरविरोध मिलाउनुपर्ने चुनौती सरेश नेपालमाथि छ । सिन्धुपाल्चोक एमालेका दुई हस्तीहरू अरुण नेपाल र सरेश नेपालकै सम्बन्ध सौहार्द छैन । नाताले उनीहरू दाजु–भाइ पर्छन् । तर, सिन्धुपाल्चोकबाट केन्द्रीय राजनीतिमा को हाबी हुने भन्ने लडाइँले उनीहरूको सम्बन्ध बिग्रदै आएको छ  । एमालेमा अरुण नेपाल १० बुँदे पक्षधर हुन् भने सरेश नेपाल एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन् ।

एमालेको तर्फबाट प्रदेश सभा–१ मा युद्धविक्रम तामाङ (डिबी)ले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा–२ मा होमनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका अध्यक्ष कमल नेपाल भने एमालेको मजबुत संगठन नै सिन्धुपाल्चोकमा एमालेको जितको आधार रहेको बताउँछन् । ‘एमालेले गरेको काम जनतामा स्पष्ट छन् । हाम्रो नीति र विचार उत्कृष्ट छ जसलाई जनताले मन पराएका छन् । उम्मेदवार पनि जनताले चाहेअनुसारकै छन् । गठबन्धनले देशको विकास गर्दैन भन्ने पछिल्ला केही महिनामा स्पष्ट भइसकेको छ’, नेपाल भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x