×

NMB BANK
NIC ASIA

खुलापत्र

एउटा पत्र 'बा' नेताहरूका नाममा

कात्तिक ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नजिकिँदो संसदीय चुनावको सरगर्मी बढ्दो छ । चुनाव नजिकिँदै गर्दा पार्टीबाटै उम्मेदवारी दिएकाहरू आफ्नो निर्वाचन क्षेत्रमा कम्मर कसेर जुटेका छन् भने उम्मेदवार हुनबाट वञ्चितहरूमध्ये कोही रोइलो गर्दैछन्, त कोही पार्टी परिवर्तन गरी मैदानमा उत्रिएका छन् । कोही बागी उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

Muktinath Bank

यसका अलावा पार्टीभित्र फरक मत राख्ने केही आशलाग्दा अनुहारहरू फरक मत राखेकै भरमा उम्मेदवार हुनबाट वञ्चित भएका छन् । उता गाउँ–गाउँमा उल्लासमय बन्दै पर्वको माहोल छ । आमनिर्वाचनले नेपालीहरूका लागि साँच्ची नै कुनै चाडभन्दा कम रौनक ल्याउँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सम्पूर्ण घटना, परिस्थिति, अवसर र माहोलको केन्द्रविन्दु भने 'बा नेताहरू' छन्। कसलाई टिकट दिने, कसलाई नदिने, कसलाई कहाँबाट उम्मेदवार बनाउने, कुन-कुन दलसँग कहाँ-कहाँ गठबन्धन गर्ने, कहाँ कुन स्वार्थकेन्द्रित समूहसँग कुन हदसम्मको मिलेमतो गर्ने, परिवार-नातागोतालाई कसरी व्यवस्थापन गर्ने आदि सम्पूर्ण चुनौतीको सामना यिनै बा नेताहरूले लगभग एक्लै गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

यिनलाई कम कठिन पक्कै नहोला यो पल, यो घडी, यो चुनाव, त्यसैले तिनै बुढा नेतालाई सम्बोधन गरेर यो पत्र लेख्दैछु ।

Vianet communication
Laxmi Bank

बा नेताहरू नमस्कार,

सर्वप्रथम त तपाईंहरूलाई प्रजातन्त्र प्राप्तिका ती शुरूआती दिनमा गर्नुभएको त्याग, संघर्ष र बलिदानका लागि धन्यवाद नदिइरहनु तपाईंहरू र अन्य लाखौं प्रजातन्त्रका लागि लडेका योद्धाहरूप्रति अन्याय हुन जान्छ । परिवर्तनको सो महायज्ञमा चाहे जुनसुकै उद्देश्य वा बाध्यताले नै होमिनु भएको किन नहोस्, सो महायज्ञको एक झिल्को हुनु भएकोमा कृतज्ञतापूर्वक धन्यवाद दिन चाहन्छु । अन्य धेरै परिवर्तनहरूमा धेरै बहसको गुञ्जायस भए पनि २००७ सालको परिवर्तनप्रति कमैको मात्र बिमति होला । तपाईंहरूले अवस्था परिवर्तनका लागि सह्रानीय भूमिका खेल्नुभएकोमा कृतज्ञता व्यक्त गर्दछु । अब प्रसंग बदल्छु र वास्तविक अवस्थामा आउँछु।

बा नेताहरू जवाफ दिनुस् त, देश परिवर्तन हुनु भनेको केवल शाशकीय स्वरूप, शासन प्रणाली र शासन गर्ने व्यक्ति मात्र परिवर्तन हुनु हो ? के परिवर्तनको फल चाख्ने भनेको केवल मुठ्ठीभर टाठाबाठा, पढेलेखेका अवसरवादीहरू, नेता कार्यकर्ता बनेका केही दर्जन, केही सय वा केही हजार मानिसहरूले मात्र हो ? परिवर्तन आउनु भनेको केही सम्भ्रान्त वर्ग र घरानाको व्यक्तिगत आर्थिक अवस्था उकासिनु उनीहरूको मात्र हालिमुहाली हुनु हो ? भन्नुस् त, दूरदराजमा रहेका गरीब आमसर्वसाधारणले परिवर्तनको फल चाख्न कहिले पाउने? शिक्षा, स्वास्थ्य जस्ता मौलिक अधिकारको प्रयोग वस्तुको खरिद सो सरह हुने हो ? पैसा भए तत् तत् सुविधा पाइने नहुँदा नपाइने कस्तो मौलिक अधिकार हो ?

के चुनावमा भोट खसाल्न पाउनु मात्र प्रजातन्त्र प्राप्ति हो ? तपाईंहरूले देखेको सपना, आजको देशको अवस्था र अधिकारको लडाईं तथाकथित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पठाएको अधिकारको पाठ मात्र हुन् ? यदि तपाईंहरूले ल्याउन खोजेको परिवर्तन र व्यवस्था आजकै जस्तो अव्यवस्थाका लागि भए तपाईंहरूभन्दा असक्षम र अदुरद्रष्टा कोही थिएनन् र छैनन् पनि।

माफ गर्नुहोस्, आज देशको आर्थिक अवस्था के छ? राज्यका आयस्रोत के-के हुन् ? आज देशको समग्र सोधानान्तर घाटा कति छ ? आयत-निर्यातको अनुपातप्रति चासो दिनुभएको छ ? वैदेशिक ऋणको बढ्दो मात्रा र सोको प्रयोग के-केमा हुँदैछ अनुमान लगाउनुभएको छ ? हरेक वर्ष आकाशिँदै गरेको ऋण कुनै पनि उत्पादनमूखी योजनामा प्रयोग गरेको तथ्याङ्क छ तपाईंहरूसँग ? दैनानुदिन देशलाई भासमा पुर्‍याउने र कालान्कुतरमा कुनै न कुनै दिन तिर्नैपर्ने ऋणले भविष्यको पुस्तालाई कस्तो देश छोडेर जाने सपना बनाउँदै हुनुहुन्छ ? शायद तपाईंहरूलाई थाहा नहोला, बेलायतले दोस्रो विश्वयुद्धताका अमेरिकासँग लिएको ऋणको अन्तिम किस्ता सन् २००७ मा मात्र तिरिसकेको थियो।

'नो लन्च इज फ्री लन्च' अर्थात् संसारमा केही पनि सित्तैमा आउँदैन भन्ने संस्कार बोकेका पश्चिममा र तिनका गरीब देशलाई अझ कंगाल बनाउने एजेण्डा बोकेका विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनि एसियाली विकास बैंक (एडीबी)लगायत संस्थाले के सित्तैमा पैसाको बिउ छर्दै हिँडेको छन् ? यति बुझ्ने तपाईंहरूमा क्षमता र चेष्टा हुन्थ्यो भने आज देशको वैदेशिक ऋणभारको चुचुरो सगरमाथा भन्दा उचो हुँदैन थियो ।

हुन त आँकडाहरू नै प्रस्तुत गर्न मन थियो तर तपाईंहरूसँग आँकडा केलाउने फुर्सद छैन होला त्यसैले तथ्यांक कम तथ्य धेरै केलाउँछु । तपाईंहरूलाई त थाहा नै होला तपाईंहरूकै जीवनकालमा चीनले कति फड्को मार्‍यो । यही चीन हो जहाँ तपाईंहरूमा राजनीतिक मुना पलाउँदै गर्दा सांस्कृतिक क्रान्ति सम्पन्न भयो अनि तपाईंहरू जवान हुँदै गर्दा सोही चीनले लाखौंको जनसङ्ख्या भोकमरीमा गुमाएको थियो । तपाईंहरू वयस्क हुँदै गर्दा औद्योगिक क्रान्ति ल्यायो र अतिविपन्न जनसङ्ख्यालाई केवल गरिबीको रेखामाथि मात्र उठाएन आज ऊ अर्थतन्त्रको मामलामा अमेरिकालाई समेत पछाडि छाड्ने संघारमा छ भने सैन्य शक्तिका रूपमा पनि विश्वको सर्वशक्तिमान बन्ने दौडको अग्रिम मोर्चामा छ। त्यो क्रान्ति-भोकमरी-औद्योगीकरण र सर्वशक्तिमान चीनको भोक्ता र साक्षी तपाईंहरू स्वयं हुँदै गर्दा आखिर हामीले देशलाई के दियौं र देशवासीका नाममा के गर्‍यौं भन्ने प्रश्नले कोपर्दैन तपाईंहरूलाई?

चीन त एक उदाहरण मात्र हो स्वतन्त्रताताका तन्नम पारिएको भारत आज विश्व थर्काउने 'काबिलियत' राख्छ । पूर्वी एशियाका मुलुकहरू थाइल्याण्ड, मलेसिया आदिले हामीलाई कता हो कता छाडिसके आज । शीतयुद्धले थलिएको भियतनाम आज केही दशकमै प्रतिव्यक्ति आयको हिसाबमा नेपालभन्दा ३ गुणा बढीको अवस्थामा छ भने नेपालभन्दा लगभग दोबर क्षेत्रफल र ३ गुणा बढी जनसङ्ख्या भएको सो मुलुकको अर्थतन्त्र भने नेपालभन्दा १० गुणा ठूलो भैसकेको छ । गरीब मुलुकका उदाहरणहरूमा तपाईंहरूकै मुखबाट सुनिने कतिपय मुलुकका नामहरूमा आज विकासको लहर आएको छ र तिनले विकास र मानव सूचकांकमा हामीलाई धेरै पछि छाडिसके। यति हुँदा पनि तपाईंहरूले नै देश विकास गर्छौं भन्ने आशयसहितको कोरा सपना बाँडिरहनुभएको छ । तपाईंहरूलाई अझ कति समय बेहोर्नुपर्ने हो आमनेपालीले ? अझ के-के गर्न बाँकी छ जस्तो भान हुन्छ तपाईंहरूलाई नेताज्यू ?

अझ छक्क त यस मानेमा पर्छु कि आज मुलुकको परराष्ट्र नीति रद्दीको टोकरीमा पुगेको छ। मुलुकको मानसम्मान रसातलमा झरेको छ भने राष्ट्रका विशिष्ट लगायतलाई निम्छरो रूपमा हेर्छन् भू तथा आकाशे  छिमेकीहरू । एउटा उपसचिवस्तरीय कर्मचारीले राष्ट्रका कार्यकारी प्रमुखको सुत्ने कोठासम्म सजिलै पहुँच राख्छ भने त्यो राष्ट्रको आत्मासम्मान कहाँ खोज्न जाने हामीले नेताज्यू ? के-के मात्र याद दिलाउने हजुरहरूलाई? संवैधानिक अंग, प्रहरी प्रशासन, न्यायालय, शैक्षिक संस्था (विश्व विद्यालय), सरकारी तथा शिक्षण अस्पताल, राष्ट्रिय ध्वजाबाहक जहाज, मुलुकको औद्योगिक दुरावस्था, मुलुकमा रोजगारीको स्थिति आदि केमा गर्व छ तपाईंहरूलाई?

भ्रष्टाचारको कुरा के गर्नु खै? वाइड बडी जहाज, ३३ किलो सुन, बालुवाटार जग्गा काण्ड आदि गज्जबका उदाहरणले तपाईंहरूलाई पक्कै पछ्याउँदा हुन्। सिङ्गो मुलुक सेटिङमा चलेको छ र अपवादबाहेकका नेता तथा कर्मचारी दलाली हुन् भन्दा अत्युक्ति नहोला । हरेक वर्ष बजेट छुटिन्छ । जनता लामालामा बजेट भाषण सुन्छन् अनि विकासको आश गर्छन्, तर असारे प्रगतिबाहेक केही हुँदैन। तपाईंहरू झण्डै दशकदेखि चाबहिल-जोरपाटीको बाटो हिँड्नु भएको छैन भनेर कसरी पत्याम ? फेरि नपत्याम भने राजधानीको मुटुको सो सडकखण्डको दुरावस्थाप्रति यदि उदासीनता कसरी हुँदो हो झैँ लाग्छ । सम्झन्छु अनि सम्झी मात्र रहन्छु, त्यो मुग्लिङ-नारायणगढको बाटो । सानो छँदा रेडियोमा सुनिन्थ्यो, अलि ठूलो भएपछि पत्रिकामा पढ्न थालियो र पछि स्वयं भुक्तभोगी भइयो। लाग्छ ३६ किमी लामो मुलुकको मेरुदण्ड रहेको सो बाटोले प्रत्येक वर्ष सयौंको सङ्ख्यामा रगत मात्र खोज्दो हो र त अझै पनि समाचार बनिरन्छ सो बाटो ।

केवल ३७ वर्षको उमेरमा गृह र ४५ वर्ष नपुग्दै प्रधानमन्त्री बनेका बीपी कोइराला, उमेर ३५ हुँदा सभामुख बनेका कृष्णप्रसाद भट्टराई, मुख्तियार काजी (तात्कालिक प्रधानमन्त्री)बन्दाको उमेर केबल ३१ वर्ष रहेका भीमसेन थापा, केवल ३० वसन्त पार गर्दा नगर्दै नेपालका सर्वशक्तिमान राणा प्रधानमन्त्री बनेका जंगबहादुर, फगत २७ वर्षको उमेरमा मुलुकका प्रधानमन्त्री नियुक्त भएका सूर्यबहादुर थापा, उमेरले ४० वसन्त नछुँदै प्रधानमन्त्रीको पद सम्हालेका मातृकाप्रसाद कोइराला, केवल ३७ वर्षको छँदा तुलसी गिरी र ४२ वसन्त पार गर्दा नगर्दै कीर्तिनिधि विष्ट पनि सो पदमा पुगेका थिए । कति उदाहरण दिने हो, विगतदेखि आगतसम्मका चाहे राजाहरूका प्रत्यक्ष शासनकालमा हुन् या उनीहरूको अप्रत्यक्ष शासनकालमा ।

तर हेर्नुस् त गएको तीन दशकको इतिहास। यो अवधिमा अपवादबाहेक अधिकांश समय बिर्सनलायक मात्र छ। आखिर के त्यस्तो घटना घटित भयो जसले तपाईंहरूको सत्ता र शक्तिलिप्सालाई केही गरे पनि तपाईंहरू स्वयं पराजित गर्न सक्नुहुन्न ? देशले एउटा मौलिक आधुनिक चेतले ओतप्रोत युवा जोशले भरिएको सक्षम नेतृत्व कहिले पाउने ? यदि त्यस्तो राजनीतिक पूँजी भएका नेता/कार्यकर्ता उत्पादन गर्न तपाईंहरू सक्षम नहुनुभएको भए माफ गर्नुस् तपाईंहरू इतिहासमा सम्झनलायक हुनु हुनेछैन ।

अझ एकार्काप्रतिको विषबमन, आफ्ना अभिष्ट पूर्तिका लागि अपनाइएका हतकण्डा, स्वेच्छाचारिता पूरा गर्न मुलुकप्रति गरिएका घातहरूको शृङ्खला, सत्ता टिकाउन गरिएका सन्धि सम्झौता आदि हेर्दा तपाईंहरूले दिएको योगदान छायाँमा परिसकेको छ । अझ परिवर्तनका नाममा भित्रिएका केही राम्रा अभ्यासमा परिवारवाद, नातागोता र आसेपासे लिप्सा देख्दा लाग्छ आमजनता फगत तपाईंहरूलाई सत्तामा चढाइदिने भर्‍याङ हुन्। एकातिर आफू सामान्य बिरामी हुँदा राज्यकोष दोहन गरी विदेशका सुविधासम्पन्न अस्पतालमा उपचार गराउने अर्कातिर सिटामोलको अभावमा सामान्य रोगबाट आमनागरिक मर्नुपर्ने अवस्था देख्दा आफूलाई उपल्लो दर्जा र आमनागरिकलाई तल्लो दर्जाको नागरिक रहेको सन्देश दिन तपाईंहरूको तछाडमछाड नै देखिन्छ ।

मुलुकको मौलिक धर्म-संस्कृति सबलीकरण, संस्कार-परम्पराको जगेर्ना, सम्पदा संरक्षण, पहिचानप्रतिको गर्व हुनुपर्ने वा सो उपर गर्व पैदा गराउने नीति एवं व्यवस्था हुनुपर्नेमा पश्चिमा हुनु आधुनिक हुनु हो भन्ने भ्रमित सोच पैदा गर्ने नीतिले प्रोत्साहन पाएको छ । परिणामत: मुलुकको पहिचान र मौलिकपना संकटमा परेको अवस्था छ । यसलाई जगेर्ना गर्ने र पुस्तान्तरण गर्नेभन्दा पनि आधुनिक हुने नाममा पश्चिमा विकृति मात्र भित्रिँदैछ। केवल पश्चिमा हुनु मात्र आधुनिक हुनु हैन भन्ने जान्न मुलुकका आफ्ना विशिष्ट पहिचानलाई अक्षुण राखी विकासका सगरमाथा चुमेका जापान, चीनदेखि विकासमा फड्को मार्दै गरेका थाइल्याण्ड, मलेसियालगायत हाम्रै छिमेकी भुटानजस्ता मुलुकहरूबारे बहस हुँदैनन् । उदाहरण बन्छन् त केवल धर्म निरपेक्ष नामधारी तर राज्य संरक्षित क्रिश्चियन मुलुकहरूको मात्र । स्वेच्छिक धर्म मान्न पाउने अधिकार र स्वतन्त्रताको सुनिश्चिततासहित जबरजस्ती वा प्रलोभनमा पारी गरिने धर्मान्तरणलाई निरुत्साहित गर्न राज्य सक्षम रहन्छ । यसका लागि नीति निर्माण गरी त्यसको कडाईका साथ पालन गराउन सकिन्छ । कानून र नीति बनाइन्छ तर कार्यान्वयन पक्षमा भने चासो राखिँदैन किन ?

अझ देशलाई विदेशी सहायताको भरमा चल्ने परजीवी बनाउने, परिवारलाई बिचल्लीमा पारी युवा जति विदेशिन बाध्य बनाउने, राज्यको आयस्रोतको आधार विदेशी धर्तीमा युवाको रगत पसिना बनाउने नीतिका प्रवर्तक र हिमायती तपाईंहरूलाई तिनै विदेशिएका युवाका बाआमा, बालबच्चा र श्रीमान श्रीमतीले नै अनुमोदित गर्नुपर्ने ? तपाईंहरूको यो राजनीतिक ठगीबाट कहिलेसम्म आजित हुने नेताज्यू ? यी तमाम समस्याको चंगुलमा फसाउने तपाईंहरूलाई अझ किन जनताले अनुमोदन गर्ने ? यसका अलावा समस्या समाधान गर्नेभन्दा पनि समस्याका नयाँ-नयाँ स्वरूप उत्पादन गर्न महारथ प्राप्त गर्ने तपाईंहरू यी तमाम समस्या समाधान गर्न अनिच्छुक, असक्षम वा चाहेर पनि गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने कुरा शायद तपाईंहरूलाई भन्दा स्पष्ट ज्ञात अरू कसलाई पो होला र ?

तपाईंहरूलाई सम्बोधन गर्दै यो लेखरूपी पत्र लेख्नु बालुवामा पानी खन्याउनुसरह हो भन्ने अवगत हुँदाहुँदै पनि तपाईंहरूको विगतको योगदान र उमेरको सम्मान गर्दै यो पत्र लेख्दैछु । आशा छ, तपाईंका आसेपासे, आफन्त, वा साँचो अर्थमा तपाईंका शुभचिन्तक कसैले पढे तपाईंहरूसम्म पुर्‍याउने अपेक्षा गर्दै यहाँहरूको सुखद् सेवानिवृत्त जीवनको कामना !

उही, तपाईं बा नेताहरूको शुभचिन्तक एक परदेशी ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x