मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रूपमा एमाले रोज्नेहरूको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका ५/७ दलहरूले एमालेविरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेमा प्रवेश गर्नेको जनलहरले सबैलाई उत्साह थपेको उनको भनाइ थियो ।
आइतवार रुपन्देहीको तिलोत्तमास्थित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता पौडेलले सबै शक्तिहरू मिलेको समयमा एमाले आउनेको जनलहरले नै यसको लोकप्रियताबारे प्रष्ट पारेको बताए । ‘यो आमनागरिकको हितमा बोल्ने, लड्ने पार्टी हो भन्ने यो जनलहरले प्रमाणित गरेको छ, सबै शक्ति एकातिर मोर्चा बनाउँदा पनि आमनागरिकले हामीलाई साथ दिनुभएको छ, पार्टीमा आउने सबैलाई उपयुक्त जिम्मेवारी दिइने छ, सम्मानजनक जिम्मेवारी दिइने छ’, नेता पौडेलले भने ।
रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका नेता पौडेलले एमाले सरकारमा रहँदा सुकुम्बासी समस्या समाधानको लागि गरिएको अन्तिम तयारी, विकासका प्रभावकारी योजना, राष्ट्रहितका लागि गरिएको अडान सबै नेपालीको सामु छर्लङ्ग भएको बताए ।
निर्वाचनका बेला अन्य पार्टीले एमालेले शुरु गरेका कामहरूलाई आफूले गरेको भन्दै प्रचार गरेको र एमालेविरुद्ध अनेक भ्रामक कुराहरू प्रचारमा ल्याएकाले सबै सचेत कार्यकर्ताले सबैलाई सचेत बनाउनुपर्ने उनले बताए ।
एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभाका उम्मेदवार लीला गिरीले एमाले नेतृत्वमा यसअघि तीनै तहका सरकारले गरेका असल अभ्यासहरूलाई गठबन्धन सरकारले अलपत्र पारेको बताए । सो कार्यक्रममा नेपाली कांग्रेस तथा नेकपा माओवादी छाडेका ५६ जना एमालेमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...