×

NMB BANK
NIC ASIA

रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्छ : गृहमन्त्री खाँण

कात्तिक ८, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करीब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।

Muktinath Bank

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज)लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका आयोजना तथा सम्पदा रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीको ३ नम्बर क्षेत्रबाट ५ दलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने बताए ।


Advertisment
Nabil box
Kumari

‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन,’ गृहमन्त्री खाँणले भने, ‘चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’

Vianet communication

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुबाहकका साथै कार्गो सेन्टरका रूपमा विकसित गरेर भैरहवालाई आर्थिक हब बनाउने अवसर पनि रहेको उनले बताए । गृहमन्त्री खाँणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि विमानस्थलबाट पठाउन वातावरण सिर्जना हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

अर्को प्रसंगमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन ५ दलीय गठबन्धन बनेको दाबी गरे । ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ,’ उनले भने, ‘संविधानको पालना गर्दै यहाँभित्र भएका कमी–कमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x