×

NMB BANK
NIC ASIA

विकासका लागि शान्ति र सुशासन आवश्यक छ : गृहमन्त्री खाँण

कात्तिक १२, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् ।

Muktinath Bank

उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाई विकसित बनाउन ५ दलीय गठबन्धन गरिएको समेत दाबी गरे ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं ५ दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिवार नेपाल पूर्व प्रहरी संगठन, जिल्ला समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान सरकार र गठबन्धनले मुलुकको हीतका लागि काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

Vianet communication

खाँणले पूर्व प्रहरीहरूलाई अवकाशपछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्ति समेत लाभान्वित हुने बताए । ‘सेवामा रहँदा होस् वा अवकासपछि होस्, यहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ,’ गृहमन्त्री खाँणले भने ।

सरकारले सेवामा रहँदा वा नरहँदा प्रहरी र अन्य सबै कर्मचारीको सम्मान गर्ने र उनीहरूको वृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता उनले जनाए ।

५ दलीय गठबन्धनले शनिवार भैरहवा र ओमसतियामा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थयसँगै कृषि क्षेत्रमा पनि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा आधुनिकीकरणसँगै क्षेत्र विस्तार जरुरी रहेको जनाए । ‘यसका लागि वर्तमान सरकार र निर्वाचनपछि बन्ने ५ दलीय गठबन्धनको सरकार पनि कटिबद्ध हुनेछ,’ खाँणले भने, ‘कृषि क्षेत्र फस्टायो भने मुलुक पक्कै पनि आत्मनिर्भर बन्दै जानेछ ।’

रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देशकै ठूलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको उनले बताए । उनले कृषि थोक बजार स्थापनापछि तरकारी तथा फलफूलजन्य वस्तुको उत्पादन बढ्ने र त्यसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोमार्फत विदेश निर्यात गर्न सकिने उल्लेख गरे ।

मन्त्री खाँणले यसबाट हजारौं रोजगारी सिर्जना हुने भन्दै भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x