×

NIC ASIA

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

कात्तिक १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । 

Muktinath Bank

पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । प्रतिबद्धतामा २६ वटा एजेण्डा समावेश गरिएको छ । एमालेको तीन वर्ष छ महिनामा सरकार सञ्चालनको अवधिमा गरेको मुख्य÷मुख्य कामको उपलब्धि समावेश गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । यसैगरी जनप्रतिनिधिले शासक होइन जनताको सेवकको रुपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायीकरण, कृषि यान्त्रिकरण, मलखाद, सिँचाइ, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवनस्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ । 


Advertisment
Nabil box
Kumari

    प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्नेलगायत विषय प्राथमिकतामा राखिएको छ । प्रतिबद्धतापत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ । यसैगरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बङ्गलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाइल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । 

Vianet communication

    गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले सुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायत विषय प्रतिबद्धतापत्रमा समेटिएको छ । सङ्घीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्ययोजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x