×

NMB BANK
NIC ASIA

सीईओ न्यौपानेले पहिलो कार्यकालमा पाए उत्कृष्ट सफलता, बैंक ‘नम्बर वान’, युवाका आइडल

कात्तिक २१, २०७९

NTC
Premier Steels

विश्वमा त्यस्ता व्यक्तिहरू छन्, जसको कडा मेहनत र सही योजना छनोटले सानै उमेरमा पनि ठूलो सफलता पाएका छन् । 

Muktinath Bank

फेसबुकका संस्थापक मार्क जुकरबर्ग हुन् वा भर्खर ट्विटर किनेका टेस्लाका संस्थापक एलन मस्क ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूरदृष्टि र कडा मिहिनेतले आफ्नो कम्पनीलाई विश्वका नम्बर वान बनाएका छन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा पनि त्यस्ता धेरै युवाहरू छन् । नयाँ काम र लगातारको परिश्रमले स्थापित कम्पनी बनेका छन् । 

Vianet communication

नेपालका त्यस्तै उत्कृष्ट सफलता पाएका युवाहरू मध्ये एक हुन् एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ।

मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा ४२ वर्षको युवा न्यौपाने एक स्थापित नाम भइसकेको छ ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भए । 

त्यसपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंक सम्हाल्दै २०७५ मंसिरमा सीईओमा नियुक्त भएका थिए । 

३८ वर्षको उमेरमा सीईओ भएपछि मुलुककै कान्छो सीईओ भनेर चर्चा बटुले । 

युवा उमेरमा सीईओ भएपछि बैंकको ब्यवसाय क्षेत्रमा दिनरात निरन्तर अविछिन्न रुपमा लागि परे । 

विराटनगरमा क्षेत्रीय स्तरबाट राष्ट्रिय स्तरको बैंक बनेपछि मुलुकभरमात्र फैलिएको छैन, २६ वटा वाणिज्य बैंकमा अग्रणी बन्न सफल भएको छ । 

बैंकले लिएका नीति, दीर्घकालीन योजना पञ्चवर्षिय योजना र सफल कार्यान्वयनका कारणले बैंकले सफलता पाएको छ ।

पञ्चवर्षीय योजना तय गर्दै मुलुककै अग्रणी बैंक बनाउनमा सीईओ न्यौपाने सफल भएका छन् । 

न्यौपाने बैंकको नेतृत्वमा आउँदै गर्दा र अहिलेको अवधिलाई तुलना गर्ने हो भने मुनाफा, आम्दानी, कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या (ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो), शाखा कार्यालय संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये अग्रणी स्थान ओगट्न सफल भएको छ । 

उनले आर्थिक वर्ष २०७३/७४ मा बैंकको नेतृत्व सम्हालेका थिए । 

बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ हुँदा बैंक समग्र बैंकिङ्ग क्षेत्रमा ११ औं स्थानमा थियो ।

गत आर्थिक वर्ष २०७८/७९ सम्ममा आइपुग्दा बैंकको कुल आम्दानी १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुगेको छ । 

यस अवधिमा बैंकको आम्दानी ४.२७ गुणाले वृद्धि हुँदा समग्र बैंकिङ्ग क्षेत्रको आम्दानीको १.९ गुणाले मात्रै वृद्धि भएको छ । 

आ.व. २०७३/७४ मा बैंकको कर्जा प्रवाह ७२ अर्ब रुपैयाँ रहेको र पाँच वर्षमा ३.७२ गुणाले वृद्धि हुँदै २ खर्ब ६८ अर्ब पुर्याउन सफल भएको छ । 

बैंकले निष्कृय कर्जालाई गत आर्थिक वर्षसम्म आइपुग्दा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । 

बैंकको निक्षेपको आकार ८६.७० अर्ब रहेकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा निक्षेप संकलन २ खर्ब ९४ अर्ब पुगेको छ ।

पाँच वर्षमा समग्र बैंकिङ क्षेत्रको निक्षेप संकलन २.१७ गुणाले वृद्धि हुँदा यस बैंकले भने ३.४० गुणाले वृद्धि गर्न सफल भएको छ ।

बैंकको वार्षिक प्रति शेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा प्रति शेयर आम्दानी झन्डै २१.९६ रुपैयाँ रहेकोमा गत वर्षसम्म आइपुग्दा ३९.१३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत पुग्न सफल भएको छ । जुन २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

न्यौपाने बैंकको कायम मुकाय सीइओको रुपमा नेतृत्वमा आउँदा शाखा कार्यालयहरू ११९ थिए । पाँच वर्षमा तीन गुणाले वृद्धि हुँदै गत वर्षसम्म ३५९ शाखा पुगेका छन् । 

शाखा सञ्जाल, विस्तारित काउन्टर, एटीएम मेसिन संख्यामा पनि एन आई सी एशिया बैंक अन्यको तुलनामा धेरै अगाडि रहेको छ । 

पाँच वर्षअघि बैंकका एटीएम संख्या ७० थिए भने यो अहिले ६.७७ गुणाले वृद्धि भई ४७३ पुगेको छ । 

एनआईसी एशिया बैंक सबैभन्दा धेरै ग्राहक भएको बैंक बनेको छ । 

न्यौपाने नेतृत्वमा आउँदा ५ लाख ७१ हजार ग्राहक रहेकोमा पाँच वर्षको अन्तरालमा ग्राहक संख्या ३४ लाख पुगेका छन् । 

मोबाइल बैंकिङ्ग सेवामा पनि एन आई सी एशिया बैंक सबैलाई उछिनेको छ ।

हाल, बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १९ लाख ७२ हजार र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १ लाख ४५ हजार रहेका छन् । 

न्यौपाने नेतृत्वमा आउँदा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १ लाख २१ हजार र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ४७ हजार मात्र थिए । 

बैंकिङ क्षेत्रमा पाएको यही सफलतासँगै उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित भएका छन् ।

व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले दिने ‘म्यानेजर अफ दि इयर अवार्ड–२०२२’ बाट सम्मानित भएका छन् । 

मुलुकमा रहेको सीईओहरू मध्ये व्यवस्थापन क्षेत्रमा उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व दिन सफल भएको भन्दै न्यौपानेलाई उक्त पुरस्कार दिइएको हो ।

साथै, सरकारले मुलुकका प्रतिष्ठित व्यक्तिलाई दिने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ सम्मानित भएका थिए ।

ग्लोबल विजनेस आउटलुक (जीबीओ) ले दिने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ दि इयर–नेपाल २०२१ बाट सम्मानित भएका छन् । ‘कर्पोरेट सीईओ अफ दि इयर, २०७८’बाट पनि उनी सम्मानित भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x