×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

‘ग्राउन्ड जिरो’ रौतहट- २: ‘म मन्त्रीजीको जेठो छोरो’ भन्दै भोट माग्छन् आलमपुत्र फिरदोश

कात्तिक २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

​‘म मन्त्रीजीको जेठो छोरो, फिरदोश । चिन्नुभयो नि ! रुख छापबाट उठेको छु,’ रौतहट–२ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलम घरदैलोका क्रममा मत मागिरहेको अवस्थामा भेटिए ।

Muktinath Bank

एकपटक मन्त्री भइसकेका नेतालाई यहाँका स्थानीय बासिन्दाले मन्त्री नभएको बेलामा पनि मन्त्री भनेर नै सम्बोधन गर्ने रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्यान मुद्दामा थुनामा रहेका मोहम्मद आफताब आलमका जेठा छोरा हुन्, फिरदोश । घरदैलोका क्रममा उनी बुवाको नाम लिँदै मतदातालाई नमस्कार गर्दै मत मागिरहेका छन् । ​​


Advertisment
Nabil box
Kumari

जवाफमा मतदाताले ‘चिनें, मत दिन्छु’ भनिरहेका थिए ।

Vianet communication
Laxmi Bank

एमबीबीएस अध्ययन गरेर चिकित्सक बनेका डा. आलम नेपाल प्रहरीको स्वास्थ्य विभागमा प्रहरी निरीक्षक थिए । 

उनका बुवा आफताब आलम सांसद पदमा बहाल रहेकै बेलामा पक्राउ परेपछि बुवालाई सहयोग गर्न भन्दै उनले प्राविधिक प्रहरी निरीक्षकको पदबाट राजीनामा दिएका थिए । २०७३ सालमा प्रहरी निरीक्षक बनेका उनले २०७६ सालमा राजीनामा दिएका थिए । 

बुवाको मुद्दामुकदमादेखि अन्य समन्वयकारी कामका लागि सक्रिय भएका आलम आफू राजनीतिमा आउन नचाहेको तर बाध्यतावश आउनुपरेको बताउँछन् ।

क्षेत्रका नेतादेखि कार्यकर्ता समेतले माग गरेपछि आफू राजनीतिमा आएको फिरदोशले बताए । 

परोहा नगरपालिका वडा नम्बर ५ को नमनगरामा घरदैलो गरिरहेको अवस्थामा भेटिएका उनले भने, ‘२०७६ सालमा बुवा पक्राउ परेपछि पारिवारिक कारणले नै मैले प्रहरीको जागिरलाई निरन्तरता दिन सकिनँ । बुवाको काममा नै व्यस्त हुनुपर्ने अवस्था आएपछि जागिर छाडेको हो ।’

मतदाताका बीचमा जाँदा आफूले अपार माया पाएको उनले बताए ।

‘तपाईं आफैंले पनि हेर्नुभयो होला यो परोहा नगरपालिकामा जनताका बीच जाँदा धेरै मानिसले मलाई स्वागत गरिरहनुभएको छ,’ उनले थपे, ‘उहाँहरू आफताब आलम हाम्रो नेता हो र उहाँ नै उम्मेदवार हुनुपर्थ्यो भनिरहनुभएको छ । उहाँ नै हाम्रो बीचमा आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरिरहनुभएको छ ।’ 

२०५३ सालदेखि यस क्षेत्रका जनताले बुवालाई जिताएर संसदमा पठाउँदै आइरहेका कारण आफ्नो नेता नै पुनः उम्मेदवार हुँदा झन् राम्रो हुन्थ्यो भन्ने धारणा मतदाताले राखिरहेको उनले बताए । 

‘तर उहाँ नभए पनि उहाँको ठाउँमा म आफैं उम्मेदवार भएर जनताको बीचमा जाँदा पनि उहाँहरूले स्वागत गरिरहनुभएको छ,’ उनले थपे, ‘जनताले अत्यधिक बहुमतका साथ मलाई जिताउनुहुन्छ भन्ने पूर्ण आशा, भरोसा र विश्वास छ ।’

आफूले जिते शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार आदिमा विशेष काम गर्ने उनले बताए । त्यसो त कांग्रेसले उनका बुबा आफताबलाई नै उम्मेदवार बनाउन सिफारिश गरेको थियो । तर अन्त्यमा उनका जेठा छोरा फिरदोशलाई पार्टीले टिकट दिएको हो ।

‘शुरूमा आफताब आलमलाई नै टिकट दिन प्रयास गरिएको थियो, तलबाट उनको नाम नै सिफारिश गरिएको थियो,’ आफताब आलमका पारिवारिक सदस्य समेत रहेका डा. कौशर आलमले लोकान्तरसँग भने, ‘जेलमा नै रहेर पनि मन्त्रीजी जित्नुहुन्थ्यो ।’ 

‘तर जितेर पनि पद निलम्बनमा नै रहने हुँदा नेतादेखि कार्यकर्ताहरू समेतले उहाँको छोरालाई उम्मेदवार बनाउँदा ठीक हुन्छ भन्ने सहमति भएपछि जेठो छोरा फिरदोशलाई टिकट दिइएको हो,’ उनले थपे । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फिरदोशलाई नै अघि सार्न सुझाव दिएपछि फिरदोशले टिकट पाएको उनले खुलाए ।

यस क्षेत्रको चुनाव यसपटक विशेष चुनावको रूपमा रहको उनले खुलाए ।

फिरदोश आलम

‘यो चुनाव होइन, जनमतसंग्रह हो । आफताब आलमलाई कम्युनिस्ट केपी ओलीको सरकारले गरेको षड्यन्त्रविरुद्ध यो जनमतसंग्रह पनि हो,’ कौशरले थपे, ‘उहाँमाथि अन्याय भएको त छँदैछ, उहाँलाई जनताले आफ्नो मत दिएर जनप्रतिनिधि त बनाउनुहुन्छ नै, त्यसका अलावा यसलाई ओली सरकारले गरेको अपमानविरुद्ध जनमत परीक्षणका रूपमा समेत हेरिएको छ ।’

फिरदोशले आफ्नो एकल पर्चा पोस्टर छापेका छैनन् । आफ्ना बुवा आफताबको समेत फोटो राखेर प्रचारप्रसार गरिरहेका छन् ।

‘नेपाली कांग्रेसले बीपी कोइरालाको फोटो किन राख्छ ? गणेशमान सिंहको फोटो किन राख्छ ? नेता भएका कारण । आफताब आलम पनि त यस क्षेत्रका ठूला नेता हुनुहुन्छ,’ उनले थपे, ‘उहाँ अपराधी होइन नि ! उहाँ अपराधी भएको भए रौतहटको राजपुर नगरपालिकामा पनि उहाँको कान्छो छोरा राजिक आलमलाई जनताले मेयरमा हराउँथे होलान् नि !’

राजिकलाई जनताले मत दिएर आफताब आलम निर्दोष हो भनी सिद्ध गरिसकेको उनले बताए । त्यसबाहेक यसपटक निर्वाचन क्षेत्रका जनताले फिरदोशलाई नै मत दिएर उक्त कुराको पुनर्पुष्टि गर्ने उनको दाबी छ ।

राजनीतिमा पारिवारिक विरासत

नेपालको प्रजातान्त्रिक आन्दोलनमा मोहम्मद शेख इद्रिशको ठूलो योगदान छ । आफ्ताब आलम शेख इद्रिशका भतिजा हुन् । २०१५ सालको संसदीय चुनावमा रौतहटको १ नम्बर क्षेत्रमा जनताले शेख इद्रिशलाई सांसद बनाएका थिए । 

पञ्चायती व्यवस्थाविरुद्ध लागेका उनले लामो समय जेलमा बिताउनुपरेको थियो । २०३६ सालको जनमतसंग्रहमा पनि बहुदलको पक्षमा उनको परिवारको ठूलो योगदान थियो । 

२०३८ सालमा उनले आफ्नै गाउँ राजपुरमा नेपाली कांग्रेसका नेताहरू कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायतकालाई बोलाएर सात दिने शिविर गराएका थिए । तराई मधेशमा कांग्रेसले उक्त कार्यक्रम आयोजन गर्न खोज्दा अन्य कुनै पनि नेता तयार नभएपछि शेख इद्रिशले हिम्मत गरेका थिए । 

२०४२ साल जेठ १४ गते नेपाली कांग्रेसले सत्याग्रहको घोषणा गरेपछि इद्रिशलाई १ वर्ष रौतहटको गौर जेलमा राखिएको थियो । 

२०४३ सालमा उनी कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । ‘२०४६ सालको जनआन्दोलनमा सुरक्षाकर्मीहरूले उनीसहित उनका भतिज आफताब आलमलाई निर्मम कुटपिट गरेर मरेको भन्दै फालेर भागेका थिए,’ कौशर आलमले भने, ‘तर सौभाग्यवश उहाँहरू जीवित रहन सफल हुनुभयो । त्यसपछि प्रशासनले उहाँ दुवैजनालाई घरमा केही दिन नजरबन्दमा राखेर पछि जेलमा हाल्यो ।’

२०४८ सालमा इद्रिश देशमै सबैभन्दा बढी मत ल्याएर प्रतिनिधिसभामा विजयी भएका थिए । उनी २८ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका विष्णु मानन्धरले १३ हजार ४४८ मत ल्याएका थिए । 

अत्यधिक मत ल्याएर जितेका इद्रिशलाई गिरिजाप्रसाद कोइरालाको १६ सदस्यीय मन्त्रीमण्डलमा श्रम तथा समाजकल्याण मन्त्री बनाइएको थियो ।

२०५१ सालको मध्यावधि चुनावमा फेरि इद्रिश रौतहट– २ बाट चुनाव जित्न सफल भएका थिए । त्यसपछि २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनलाई मन्त्री बनाइएको थियो । इद्रिशलाई राजनीतिमा शुरूदेखि नै उनका भतिज आफताब आलमले सहयोग गरिरहेका थिए । संगठन बनाउनेदेखि संगठन विस्तार गर्ने कामको अगुवाइ उनले गरिरहेका थिए ।

आफताब आलम २०४४ सालमा नेपाली कांग्रेस रौतहटको जिल्ला सचिव भएका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनलाई त्यहाँ जिउँदो शहीद पनि भनिने रहेछ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री समेत भएका उनी २०५० सालदेखि २०७० सालसम्म कांग्रेसको जिल्ला सभापति समेत बने । २० वर्ष उनले कांग्रेस रौतहटको जिल्ला सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।

काका शेख इद्रिशको निधनपश्चात् २०५४ सालमा भएको उपनिर्वाचनमा आफ्ताब पहिलोपटक संसदीय चुनाव जित्न सफल भएका थिए । नेकपा एमालेका अब्दुल कलामलाई पराजित गर्दै उनी सांसद बनेका थिए । 

फेरि २०५६ सालमा भएको चुनाव उनले २९ हजर ७५८ मत ल्याएर चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल कलामले १९ हजार ७७५ मत ल्याएका थिए । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि पनि उनले १६ हजार ८०१ मत ल्याएर उनले चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शैलेन्द्र साहले ७ हजार ४०६ मत ल्याएका थिए ।

तीनपटक लगातार चुनाव जित्न सफल भएका आलमको विजययात्रामा २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने ब्रेक लागेको थियो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक आलमले उनलाई पराजित गरेका थिए । मुस्ताकले १३ हजार ४५० मत ल्याएका थिए भने नेकपा एमालेका किरण साहले ४ हजार ६८५ मत ल्याएका थिए ।

त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट आफताब आलाम फेरि चुनाव जित्न सफल भएका थिए । १८ हजार ८३३ मत ल्याएर उनले चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका किरण साहले १६ हजार ८५६ मत ल्याएका थिए भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८३३ मत ल्याएका थिए । 

चारपटक सांसद बनेका आलम दुईपटक राज्यमन्त्री र चारपटक मन्त्री समेत भइसकेका छन् । 

िजउँदो मान्छे इँटाभट्टामा पोलेर मारेको अभियोगमा सांसद पदमै रहेका बेलामा उनलाई पक्राउ गरिएको थियो । 

२०७६ सालमा रौतहट जिल्ला अदालतको आदेशले अहिले उनी तथा उनका भाइ माहताब आलम जेलमा छन् ।

माओवादी जनयुद्धकालमा पनि माओवादीहरूले उनको घर जलाएर गरगहना तथा अन्य सम्पत्ति लुटेर लगेका थिए । 

उनका परिवारका सदस्यहरूलाई माओवादी लडाकुहरूले कुटपिट गरी घाइते समेत बनाएको स्थानीय बताउँछन् ।

बुवासँगै भिड्नेहरू छोरासँग भिड्दै 

आफ्ताबका छोरा फिरदोशलाई नेकपा एमालेबाट शैलेन्द्र यादव र स्वतन्त्रबाट किरण साहले चुनौती दिइरहेका छन् । उनीहरू दुवैजनाले विगतका चुनावमा उनका बुवालाई चुनौती दिँदै आएकोमा यसपटक छोरालाई चुनौती दिइरहेका छन् । 

मुस्लिम बाहुल्य रहेको उक्त क्षेत्रमा दुईजना साह जातिका उम्मेदवारले टक्कर दिन खोजे पनि स्वतन्त्र उम्मेदवार किरण साहले बढी चुनौती दिइरहेका छन् । मधेशका प्रभावशाली नेता प्रभु साहको तर्फबाट किरण साह उम्मेदवार बनेका छन् । 

किरण साह

नेकपा एमालेको त्यति बलियो संगठन नभएका कारण एमाले उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवार किरण साहले बढी टक्कर दिने स्थानीयहरू बताउँछन् । 

‘लामो समयदेखि आफताब आलमको आतंकविरुद्ध आफ्नो ज्यानको परवाह नगरी संघर्ष गर्दै आएको छु,’ किरण साहले लोकान्तरसँग भने, ‘यसपटक जनताले सधैंका लागि अपराधको साम्राज्यबाट मुक्ति पाउन खोजेका कारण पनि मेरो जीत हुन्छ ।’   

लामो समयदेखि शासनसत्तामा बस्दै आएपनि क्षेत्रमा केही विकास नभएका कारण पनि जनताले नेतृत्व परिवर्तन गर्न खोजेको उनले बताए । ‘यतिका दिनसम्म एकछत्र एकै परिवारको शासनसत्ता कायम छ । तर क्षेत्रमा विकास भन्ने कुरा के हो कसैले अनुभूति नै गर्न सकेको छैन,’ उनले थपे, ‘भय र त्रासका कारण कसैले विरोध गर्न सक्दैन । विरोध गर्नेहरू पलायन भएर जान बाध्य छन् ।’ 

भयमुक्त समाज स्थापना गर्नका लागि पनि जनताले आफूलाई मत दिएर जिताउने उनको दाबी छ । 

स्थानीय तहको मतपरिणामले सत्ता गठबन्धनका उम्मेदवार आलमको पल्ला भारी देखिन्छ । ‘त्यसबाहेक मुस्लिम बाहुल्य क्षेत्र रहेको तथा मुस्लिम समुदायबाट अन्य उम्मेदवार नरहेका कारण फिरदोश आलमकै पल्ला भारी देखिन्छ,’ स्थानीय एक पत्रकारले लोकान्तरसँग भने, ‘किरण साहले मज्जाको टक्कर भने दिन्छन् ।’

शैलेन्द्र साह प्रत्येक चुनाव लड्न त लडछन् तर हरेक पाँच वर्षपछि मात्र एकैपटक झुलुक्क फेरि चुनावमा आउने हुनाले उनको पक्षमा त्यति माहोल नदेखिएको ती पत्रकारको भनाइ छ । 

तर एमाले–जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साह पनि आफू रेसमा नै रहेको दाबी गर्छन् । 

शैलेन्द्र साह बीचमा

‘गठबन्धनकै २७ हजार ५ सय मत छ । त्यसबाहेक अन्य सबै उम्मेदवारभन्दा म सिनियर रहेको हुनाले पनि जनताले मलाई नै मत दिएर जिताउनुहुन्छ,’ उनले लोकान्तरसँग भने, ‘चुनाव लड्दै आएको छु । जनताको सुखदुःखमा साथ दिँदै आएको छु । त्यसैले स्वतन्त्र उम्मेदवारभन्दा म बलियो छु । मेरो प्रतिस्पर्धा सत्ता गठबन्धनको उम्मेदवारसँग हुन्छ ।’

त्रिकोणात्मक प्रतिस्पर्धा, तर गठबन्धनमा अन्तर्घातको सम्भावना 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार आलम, एमाले–जसपा गठबन्धनबाट शैलेन्द्र साह र स्वतन्त्र उम्मेदवार किरण साहबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

दुवै गठबन्धनबीच अन्तर्घातको पनि त्यत्तिकै सम्भावना देखिएको छ । प्रदेश सभामा बागी तथा गठबन्धनकै घटक दलहरूबाट समेत थप उम्मेदवारी परेका कारण भोट क्रस हुने स्थानीयहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x