०४ साउन २०८३, सोमबार

विरामी भए पनि सामन्थाले शुरू गरिन् यशोदाको प्रमोशन

कात्तिक २२, २०७९
विरामी भए पनि सामन्थाले शुरू गरिन् यशोदाको प्रमोशन

दक्षिण भारतीय सुरस्टार सामन्था रुथ प्रभु चाँडै नै आगामी फिल्म यशोदामा देखिँदै छिन् । 

विरामी भए पनि सामन्थाले फिल्मको प्रमोशन शुरू गरेकी छिन् । 

सामन्थाले केही दिनअघि आफू मायोसाइटिस नामक रोगसँग लडिरहेको जानकारी दिएकी थिइन् ।

 तर अहिले उनले सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्दै काम गर्न थालेको बताएकी छिन् ।

सामन्थाले आफ्नो तस्वीर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्,'यशोदाको प्रवर्द्धन गर्न जाँदैछु । ११ गते सिनेमा हलमा भेटौँला।

सामन्तले गत वर्ष अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धविच्छेद भएको जानकारी दिएकी थिइन् । 

विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । 

त्यसपछि ६ अक्टोबर २०१७ मा दुवैले विवाह बन्धनमा बाँधिएका थिए । 

उनीहरुले हिन्दू र क्रिस्चियन रिवाज अनुसार विवाह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्